असार २५, २०८२ बुधबार July 9, 2025

राइट टु प्रोटिन रन हाफ म्याराथनमा राजन र सन्तोषी च्याम्पियन

आर्मीकै खडक बहादुर खड्का दोस्रो र वाहोमका जुलियस मुर्कुली तेस्रो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः त्रिभुवन आर्मी क्लबका राजन रोकाय र धादिङकी सन्तोषी श्रेष्ठले राइट टु प्रोटिन रन हाफ म्याराथन उपाधि जित्नुभएको छ ।

शनिबार भएको दौडमामा पुरुषतर्फ राजनले निर्धारित दूरी एक घण्टा ६ मिनेट १० सेकेन्डमा पूरा गर्नुभयो । आर्मीकै खडक बहादुर खड्का दोस्रो र वाहोमका जुलियस मुर्कुली तेस्रो हुनुभयो ।

यस्तै महिलातर्फ ओलम्पियन एक सन्तोषीले एक घण्टा २० मिनेट ४८ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै उपाधि जित्नुभएको हो । आर्मीकी पूर्णलक्ष्मी न्यौपाने दोस्रो र एपिएफ क्लबकी पुष्पा भण्डारी तेस्रो हुनुभयो ।

नेपाल भेटेनरी सङ्घले आयोजना गरेको राइट टु प्रोटिन रनको‌ विजेता सन्तोषी र राजनले जनही एक लाख ५० हजार रुपियाँ पुरस्कार पाउनुभयो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाबाट सुरु भएर विभिन्न स्थान हुँदै सोही ठाउँमा पुगेर सकिएको थियो ।

दौडमा खुला हाफ म्याराथन, १० किमी पुरुष, पाँच किमी महिला, कक्षा १२ सम्म विद्यार्थीका लागि पाँच किमी (छात्र), तीन किमी (छात्रा) र ह्विलचियर (महिला र पुरुष) दौड तथा बालबालिकाका लागि ‘रन फर फन’ विधा पनि समावेश गरिएको थियो ।

विजेतालाई कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङलगायतले पुरस्कार प्रदान गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार