असार २४, २०८२ मंगलबार July 8, 2025

पाँचौं संस्करणको टाइगर कप भलिबल प्रतियोगिता सुरु

आयोजक र त्रिभुवन आर्मी क्लबबीच भएको तेस्रो तथा अन्तिम खेल लाइट प्रोटेस्टका कारण स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा शनिबारदेखि पाँचौं संस्करणको टाइगर कप भलिबल प्रतियोगिता सुरु भएको छ। १२–१९ माघसम्म पोखरा रंगशालाको भलिबल कोर्टमा हुने प्रतियोगिताको उद्घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले गरे।

प्रतियोगितामा महिला तथा पुरुषतर्फ दुई विदेशी टोलीसहित ६/६ टोलीले भाग लिएका छन्। पुरुषतर्फ भारतको सुनिल भलिबल क्लब कुरुक्षेत्र, हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र एपीएफ छन्। महिलातर्फ थाइल्याण्डको ट्राभल इन्क्वायरी युनाइटेड प्यासन भलिबल क्लब, एपीएफ, टिपटप न्यू डायमन्ड स्पोर्टस् क्लब, त्रिभुवन आर्मी, नेपाल पुलिस र आयोजक छन्।

पहिलो दिन महिलातर्फ तीन खेल भयो। तीमध्ये अन्तिम खेल लाइट प्रोटेस्टका कारण स्थगित भयो।

आयोजक र त्रिभुवन आर्मी क्लबबीच भएको तेस्रो तथा अन्तिम खेल लाइट प्रोटेस्टका कारण स्थगित भएको हो। पहिलो सेटमा २२–२० को अग्रता जोगाउन नसक्दा आयोजक टोली २३–२५ ले गुमाउन पुग्यो।

दोस्रो सेटमा आर्मीले २५–२२ ले आफ्नो पक्षमा पार्‍यो। तेस्रो सेट भने आयोजकले २५–२१ ले जित हासिल गर्‍यो। र, लाइट प्रोटेस्टका कारण स्थगित गरिएको रेफ्री टहलसिंह थापाले बताए।

त्यसअघि, पहिलो खेलमा एपीएफले थाइल्याण्डको ट्राभल इन्क्वायरी युनाइटेड प्यासन भलिबल क्लबलाई ३–२ सेटले पराजित गरेको थियो। अर्को खेलमा टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लबले नेपाल पुलिस क्लबलाई ३–२ ले हराएको थियो।

महिला तथा पुरुष दुवैतर्फ विजेताले ५ लाख ८५ हजार रुपैयाँ पुरस्कार पाउने छन्। उपविजेताले २ लाख ८५ हजार र तृतीयले १ लाख ८५ हजार रुपैयाँ पाउने प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले बताए। सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा विधागततर्फ उत्कृष्टलाई जनही १० हजार रुपैयाँ प्रदान गरिनेछ।

आयोजकले महिलातर्फ पहिलोपल्ट टिम मैदान उतारेको प्रचार संयोजक इन्द्रप्रसाद पौडेलले बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार