असार २४, २०८२ मंगलबार July 8, 2025

सभापति कप फुटबल : एनआरटीले फ्रेन्ड्सलाई ३–१ गोलले हरायो

फ्रेन्ड्सलाई हराउँदै एनआरटी सेमिफाइनलमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, माघ १३ गते । न्यूरोड टिम (एनआरटी) सभापति कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । दशरथ रङ्गशालामा आइतबार भएको खेलमा एनआरटीले फ्रेन्ड्सलाई ३–१ गोलले हरायो ।

एनआरटीको जितमा कप्तान अन्जन विष्टले दुई गोल गर्नुभयो । अन्जन प्लेयर खफ दि म्याच हुनुभयो । अर्को गोल रिचार्ड विल्सनले थप्नुभयो । फ्रेन्ड्सका लागि विवेक पौडेलले सान्तवना गोल फर्काउनुभयो । यससँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।

सेमिफाइनलमा एनआरटीले मङ्गलबार आयोजक टिम नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि अर्को सेमिफाइनलमा सामेबार सङ्कटा र मच्छिन्द्र क्लबबिच प्रतिस्पर्धा हुनेछ ।

नेपाली काँग्रेस निकट लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजना गरेको प्रतियोगिताको विजेता टिमलाई २६ लाख र उपविजेतालाई १३ लाख रुपियाँ पुरस्कार प्रदान गरिनेछ । यो नेपाली नकआउट फुटबलको सर्वाधिक पुरस्कार राशी हो ।

यस्तै प्रत्यके खेलको प्लेयर अफ दि म्याचलाई १५ हजार, सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार, उत्कृष्ट गोलरक्षकलाई ५० हजार, सर्वाधिक गोलकर्तालाई ५० हजार र उदीयमान खेलाडीलाई २५ हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार