असार २५, २०८२ बुधबार July 9, 2025

त्रिकोणात्मक टी-२० सिरिजका लागि महिला टोलीको घोषणा

माघ १७ देखि २५ गतेसम्म नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्डसम्मिलित त्रिकोणात्मक सिरिज हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, माघ १३ गते । नेपाल क्रिकेट सङ्घ (क्यान) ले घरेलु मैदानमा हुने त्रिकोणात्मक टी–२० सिरिजका लागि महिला टोलीको घोषणा गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा माघ १७ देखि २५ गतेसम्म नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्डसम्मिलित त्रिकोणात्मक सिरिज हुँदैछ ।

टोलीमा हालै मलेसियामा भएको आइसिसी यु–१९ महिला विश्वकप खेलेर फर्किनुभएकी कप्तान पुजा महतो, अलिसाकुमारी यादव प्रधानमन्त्री कपमा सहभागी सुदूरपश्चिमका रेवती धामी, इश्वरी विष्ट र मनिषा उपाध्याय पनि समेटिएको छ ।

तीन टोलीबिच दुई दुई पटक एक अर्कासँग प्रतिस्पर्धा हुनेछ । नेपालले पहिलो खेल माघ १७ गते नेदरल्यान्ड्स र दोस्रो खेल १९ गते थाइल्यान्डसँग खेल्नेछ ।

नेपाली टोली

इन्दु बर्मा (कप्तान), कविता कुँवर, राजमती ऐरी, अलिसाकुमारी यादव, सीता रानामगर, विन्दु रावल, पूजा महतो, ममताकुमारी चौधरी, कविता जोशी, रोमा थापा, इश्वरी विष्ट, सम्झनाकुमारी खड्‌का, रुविना क्षेत्री, मनिषा उपाध्याय र रेवती धामी ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार