काठमाण्डौंः गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल र भारतबीचको सम्बन्ध साँचो मित्रता र साझेदारीमा आधारित रहेको बताएका छन् ।
भारतको ७६ औँ गणतन्त्र दिवसका अवसरमा भारतीय पेन्सन वितरण कार्यालय पोखराद्वारा आज यहाँ आयोजित विशेष समारोहमा उनले आपसी विश्वास, सम्मान र सहकार्यले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।
गण्डकी प्रदेशभित्र शिक्षा, स्वास्थ्य, धार्मिक, सांस्कृतिकलगायत क्षेत्रमा भारत सरकार र मातहतका निकायबाट प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा प्राप्त सहयोगप्रति मुख्यमन्त्री पाण्डेले आभार व्यक्त गरे ।
भारतीय सेनामा नेपालको गण्डकी प्रदेशबाटै ठूलो सङ्ख्यामा सहभागिता रहेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले यहाँस्थित पेन्सन वितरण कार्यलय यस क्षेत्रको महत्वपूर्ण संस्थाका रुपमा अघि बढेको बताए ।
आपसी निकटता र पारिवारिक सम्बन्धले दुई देशलाई अझ नजिक तुल्याएको बताउँदै उहाँले दुई देशबीचको खुला सिमानाका कारण रोजगारी, पर्यटन प्रवद्र्धन, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा सहयोग आदानप्रदान भइरहेको उल्लेख गरे ।
दुई देशबीचको सांस्कृतिक एवं ऐतिहासिक सम्बन्ध हजारौँ वर्षदेखिको भएको उल्लेख गर्दै मुख्यमन्त्रीले यी विषय रामायाण, महाभारतमासमेत उल्लेख भएको बताए । भारतीय पेन्सन वितरण कार्यालय पोखराका प्रमुख प्रशान्तसिंह बघेलले विश्वमा बहादुरी, बफादारी र कर्तव्यनिष्ठाका लागि प्रसिद्ध गोर्खाली सैनिक रहेका भन्दै सैनिक आश्रित परिवारको सेवारत एवं सेवानिवृत्तपश्चात् पनि आवश्यक सेवा र सुविधालाई सधैँ उच्च प्राथमिकताका साथ कार्यालयले हेर्दै आएको बताए ।
भारतीय सेनाको इतिहासमा नेपालबाट सबैभन्दा बढी गोर्खाली सैनिकको सहभागिता गण्डकी प्रदेशको विभिन्न जिल्लाबाट भएको जनाउँदै उहाँहरूले देखाउनुभएको बहादुरी र इमान्दारीता प्रशंसायोग्य रहेको बघेलले बताए ।
पेन्सन वितरण कार्यालय पोखराले सन् २०२४ मा शिक्षा, स्वास्थ्यलगायत अन्य कल्याणकारी योजनामा सहयोग गरेको बताउँदै उहाँले त्यसका अतिरिक्त रु ३५ अर्ब प्रदेशका भुपूहरूको पेन्सन मात्र पठाउने गरिएको जानकारी दिनुुभयो । भारत सरकारले नेपालमा रहेका भुपू सैनिकहरूका लागि धेरै सकारात्मक र प्रभावकारी योजना लागू गर्दै आएको उनले उल्लेख गरे ।
कार्यालय प्रमुख बघेलका अनुसार भारत सरकारले नेपालको शिक्षा, स्वास्थ्यका लागि एम्बुलेन्स, स्कुल बस, खानेपानी, बिजुली, शौर्य ऊर्जालगायत क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ । कार्यक्रममा नेपाल भारतीय गोर्खा सैनिक बोर्डद्वारा प्रकाशित ‘जर्नल भुपू २०२५’ लोकार्पण गरिएको थियो ।
त्यस अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमका साथै अमर प्राप्त गोर्खा सैनिकका सन्नतिलाई सम्मानका र विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
युगखबर डिजिटल मिडिया प्रा. लि. द्धारा सञ्चालित डिजिटल न्यूज पोर्टल युगखवर डटकम अनलाईन लोकतन्त्र र सम्बृद्दिको दिशामा स्वतन्त्र पत्रकारितामार्फत अगाडी बढि नै रहन्छ । हामी बिशेषगरी आर्थिक, सामाजिक, राजनितिक र साँस्कृतिक क्षेत्रका विकृति, विसंगति घटनाक्रमसँग नजिक रहेर आम जनतालाई सुसचित गर्ने प्रयास गर्छौ । समान दृष्टिकोण सन्तुलित बिचार हाम्रो मुख्य लक्ष्य हो ।
सञ्चालक/ प्रधान सम्पादक :-एम. राज एसी
कार्यकारी सम्पादक:- विन्दु वास्तोला
सूचना तथा प्रशारण विभाग दर्ता:- १४४२/०७६/०७७
इमेल:- [email protected]
सम्पर्क:- 9801013401/9847041003

प्रतिक्रिया