काठमाण्डौः स्पेनिस ला लिगामा सेल्टा भिगो र डेपोर्टिभो अलाभेसले अंक बाँडेका छन् । सोमबार राती भएको खेलमा यी दुबैले १-१ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।
घरेलु टोली डेपोर्टिभोले खेलको ६ मिनेट मै किके गार्सियाको गोलबाट अग्रता लिएकामा सेल्टाकोतर्फबाट अग्रपंक्तिका पाब्लो डुरानले ६६ औं मिनेटमा गोल फर्काए । सेल्टा अंक तालिकाको १३ औं स्थानमा कायम छ भने डेपोर्टिभो रेलिगेशनबाट माथि उत्रिएको छ ।
यो सँगै स्पेनिस ला लिगाको २१ औ चरणको खेल पूरा भएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया