कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

लोकतन्त्रको संस्थागत विकासमा राससको भूमिका महत्त्वपूर्ण छ : मुख्यमन्त्री शाह

राससको विकासमा प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सुदूरपश्चिम, १५ माघः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लोकतन्त्र र सङ्घीय गणतन्त्रको संरक्षणमा राष्ट्रिय समाचार समिति (रासस)जस्ता संस्थाको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झा नेतृत्वको प्रतिनिधिमण्डलसँग आज बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा भएको भेटवार्तामा मुख्यमन्त्री शाहले राससको विकासमा प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राससले जनताका बीचमा पुगेर यथार्थपरक एवं विश्वसनीय समाचार सम्प्रेषण गर्दै आएको जनाउँदै मुख्यमन्त्री शाहले भन्नुभयो, “आमसञ्चार क्षेत्रमा भएको विकाससँगै अझ प्रभावकारी, विश्वसनीय र सुदृढ बनाउने काममा खटिरहेको रासस व्यवस्थापनलाई सहयोग गर्न प्रदेश सरकार तयार छ ।”

सरकारका गतिविधिका सन्दर्भमा सञ्चारमाध्यमले सचेत गराउन जरुरी रहेको जनाउँदै उहाँले सरकारका राम्रा–नराम्रा कुरालाई समाचारका रूपमा सम्प्रेषण गरेर नीति निर्माणमा सहयोग गर्न आग्रह गर्नुभयो । मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशमा डोटेली र थारू भाषामा पनि समाचार सम्प्रेषण गर्ने काममा प्रदेश सरकार रासससँग सहकार्य गर्न तयार रहेको बताउनुभयो । उहाँले राससको धनगढीस्थित कार्यालय भवन निर्माणमा सरकारले सहयोग गर्ने जानकारी दिनुभयो ।

सो अवसरमा राससका कार्यकारी अध्यक्ष झाले राससको धनगढीमा निर्माण हुन लागेको नयाँ भवनलाई पत्रकारिता प्रशिक्षण केन्द्रका रूपमा विकास गर्ने व्यवस्थापनको लक्ष्य रहेको जानकारी दिनुहुँदै यसलाई सहयोग गर्न मुख्यमन्त्री शाहलाई आग्रह गर्नुभयो । उहाँले प्रदेश सरकारले राससलाई आफ्नो सूचना संयन्त्रका रूपमा प्रयोग गर्न आग्रह गर्दै त्यस कार्यमा राससको तर्फबाट सक्दो सहयोग हुने बताउनुभयो ।

राससले पछिल्लो समयमा अवधी, मैथिली, नेपाल भाषामा पनि समाचार सम्प्रेषण गरिरहेको जानकारी दिनुहुँदै कार्यकारी अध्यक्ष झाले भाषा संस्कृतिको संरक्षणका लागि सुदूरपश्चिममा डेटेली र थारू भाषामा पनि समाचार सम्प्रेषण गर्ने काममा सहयोग गर्न आग्रह गर्नुभयो ।

कार्यकारी अध्यक्ष झा नेतृत्वको प्रतिनिधिमण्डलमा राससका उपसम्पादक सिद्धराज भट्ट, नेपाल पत्रकार महासङ्घ प्रदेशका अध्यक्ष भरत शाहलगायत हुनुहुन्थ्यो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानको निशानामा अमेरिकी अर्थमन्त्री, सुरक्षाका लागि सैनिक बेसमा आश्रय
२०८३ कार्तिक २५, बुधबार
जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल (अन्तवार्ता)
२०८३ कार्तिक २५, बुधबार
विश्वकप तयारीमा नेपाली यू–१९ महिला टोली, भारतसँग टी–२० शृङ्खला खेल्ने
२०८३ कार्तिक २५, बुधबार
Minister Wagle wants special financial package for vulnerable countries
२०८३ कार्तिक २५, बुधबार
विश्वासको मत लिन मधेसका मुख्यमन्त्री यादवले बोलाए प्रदेशसभा बैठक
२०८३ कार्तिक २५, बुधबार
रुसका लागि जासुसी गरेको आरोपमा बेलायतमा अमेरिकी सैनिक पक्राउ
२०८३ कार्तिक २५, बुधबार
CM Yadav to seek vote of confidence on November 14
२०८३ कार्तिक २५, बुधबार