काठमाडौं । सरकारले हालै ल्याएका अध्यादेशहरु फास्टट्रयाकमा पारित गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
‘हिउँदे अधिवेशनमा नेपाल सरकारले सिफारिस गरेर राष्ट्रपतिज्यूबाट जारी भएको अध्यादेश हामीले संसद् सचिवालयमा दर्ता गरिसकेका छौँ,’ उनले भने, ‘ती अध्यादेश फास्टट्रयाकबाट यो हिउँदे अधिवेशनबाट पारित गर्ने काम हुन्छ।’
गुरुङले अध्यादेश कार्यान्वयनका लागि नियमावलीहरू समेत छिटो बनाउने निर्णय भएको बताए । उनले भने, ‘अध्यादेश कार्यान्वयन गर्नका लागि नियमावलीहरू तदारुकताका साथ बनाउने निर्णय गरेका छौँ ।’
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया