कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनको दिशामा छ : मुख्यमन्त्री तामाङ

पर्वलाई थप व्यवस्थित रुपमा मनाउन सरकारकोतर्फबाट सार्थक पहल हुनुपर्ने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १७ माघ : बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले ल्होछार मनाउने सबै विधि र प्रक्रियाअनुसार नै सरकारले यस पर्वलाई थप सहजीकरण गनुपर्ने बाउनुभएको छ । सोनाम ल्होछारका अवसरमा आज यहाँ आयोजित समारोहमा उहाँले यस पर्वलाई थप व्यवस्थित रुपमा मनाउन सरकारकोतर्फबाट सार्थक पहल हुनुपर्ने बताउनुभयो ।

“ल्होछार मनाउने सबै विधि र प्रक्रियाअनुसार एकदिने सरकारी बिदा पर्याप्त छैन”, मुख्यमन्त्री लामाले भन्नुभयो, “ल्होछार टुँडिखेललमा महोत्सव गरेर मनाइने पर्व मात्र पनि होइन । जबसम्म प्रत्येक तामाङको घरघरमा ल्होछारको विधिअनुसार ल्होछार पर्व मनाउने कार्य हुँदैन । तबसम्म साँचो अर्थमा तामाङ जातिको संस्कृति पहिचानको कुरा हुन सक्दैन ।” उहाँले ल्होछारलाई सार्वजनिक महत्व र कार्यक्रमभन्दा पनि घरभित्रको पर्वका रुपमा स्थापित गर्न समस्त तामाङ समुदायलाई आह्वान गर्नुभयो ।

मञ्जुश्री संवत् २८६१ ‘सोनाम ल्होछार भव्य रुपमा मनाऔँ, तामाङ भाषालाई सरकारी कामकाजी भाषा कार्यान्वयनका लागि अघि बढौँ’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा मुख्यमन्त्री तामाङले बागमती प्रदेशमा तामाङ भाषा र नेपाल भाषालाई कामकाजी भाषाका रुपमा कार्यान्वयन गर्नका लागि बजेटकोसमेत व्यवस्था गरिएको जानकारी दिनुभयो ।

“बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनको दिशामा गएको छ । सुझाव कार्यदलले पेस गरेको सुझाव क्रमिक रुपमा कार्यान्वयन गर्दै जाने प्रदेश मन्त्रिपरिषद्को बैठकबाट निर्णयसमेत भएको छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङले तामाङ समुदायको उपस्थिति बढाउनुपर्ने सुझाव दिनुभयो । कार्यक्रममा बागमती प्रदेशका पूर्वसंस्कृतिमन्त्री शैलेन्द्रमान बज्राचार्यलाई घेदुङले वर्ष व्यक्तिका रुपमा सम्मान गरेको थियो । बज्राचार्यककै पालामा तामाङ भाषाले बागमती प्रदेशको सरकारी कामकाजी भाषाको मान्यता पाएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानको निशानामा अमेरिकी अर्थमन्त्री, सुरक्षाका लागि सैनिक बेसमा आश्रय
२०८३ कार्तिक २५, बुधबार
जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल (अन्तवार्ता)
२०८३ कार्तिक २५, बुधबार
विश्वकप तयारीमा नेपाली यू–१९ महिला टोली, भारतसँग टी–२० शृङ्खला खेल्ने
२०८३ कार्तिक २५, बुधबार
Minister Wagle wants special financial package for vulnerable countries
२०८३ कार्तिक २५, बुधबार
विश्वासको मत लिन मधेसका मुख्यमन्त्री यादवले बोलाए प्रदेशसभा बैठक
२०८३ कार्तिक २५, बुधबार
रुसका लागि जासुसी गरेको आरोपमा बेलायतमा अमेरिकी सैनिक पक्राउ
२०८३ कार्तिक २५, बुधबार
CM Yadav to seek vote of confidence on November 14
२०८३ कार्तिक २५, बुधबार