कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा, योगी आदित्यनाथसँगसमेत भेटवार्ता गर्ने कार्यसूची

राजाको पूजा कार्यक्रममा सहभागी हुन आदित्यनाथ गोरखनाथ आउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा निस्केका छन्। बिहीबार दिउँसो रुपन्देहीस्थित सुनौली नाका हुँदै स्थलमार्गबाट भारतको गोरखपुर प्रस्थान गरेका पूर्वराजाका प्रमुख संवाद सचिव फणीराज पाठकले बताए।

उनका अनुसार पूर्वराजाले उत्तरप्रदेशस्थित गोरखनाथ मन्दिरमा विशेष पूजाअर्चना गर्ने र खिचडी चढाउँने कार्यक्रम छ। पूर्वराजाले गोरखनाथ मन्दिरमा खिचडी चढाउने प्रचलन छ। सोही परम्परालाई निरन्तरता दिन उनी भारत प्रस्थान गरेका हुन्।

पूर्वराजाले भोलि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गर्ने छन्। राजाको पूजा कार्यक्रममा सहभागी हुन आदित्यनाथ गोरखनाथ आउने बताइएको छ।

पाठकका अनुसार गोरखपुर भ्रमणका क्रममा पूर्वराजा शाहले भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथसँगसमेत भेटवार्ता गर्नेछन्। गोरखनाथ मन्दिरमा पूर्वराजाले खिचडी चढाउने प्रचलन छ ।

सोही परम्परालाई निरन्तरता दिँदै पूर्वराजा शाह गोरखपुर जान लागेका हुन्। सोही अवसरमा उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ पनि गोरखनाथ आउने बताइएको छ।

पूर्वराजा शाह शनिबार स्वदेश फर्किने कार्यतालिका छ। नेपाल फर्किए लगत्तै उनी भैरहवाबाट पोखरा जाने र त्यहाँ केही दिन बिताएर काठमाडौं फर्किने उनको सचिवालयले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानको निशानामा अमेरिकी अर्थमन्त्री, सुरक्षाका लागि सैनिक बेसमा आश्रय
२०८३ कार्तिक २५, बुधबार
जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल (अन्तवार्ता)
२०८३ कार्तिक २५, बुधबार
विश्वकप तयारीमा नेपाली यू–१९ महिला टोली, भारतसँग टी–२० शृङ्खला खेल्ने
२०८३ कार्तिक २५, बुधबार
Minister Wagle wants special financial package for vulnerable countries
२०८३ कार्तिक २५, बुधबार
विश्वासको मत लिन मधेसका मुख्यमन्त्री यादवले बोलाए प्रदेशसभा बैठक
२०८३ कार्तिक २५, बुधबार
रुसका लागि जासुसी गरेको आरोपमा बेलायतमा अमेरिकी सैनिक पक्राउ
२०८३ कार्तिक २५, बुधबार
CM Yadav to seek vote of confidence on November 14
२०८३ कार्तिक २५, बुधबार