असार २५, २०८२ बुधबार July 9, 2025

२५औँ संस्करण बुढासुब्बा गोल्डकपको सम्पूर्ण तयारी पूरा

माघ १९ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १० वटा क्लब सहभागी हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धरान (सुनसरी) । अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २५औँ संस्करणको तयारी पूरा भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले यही माघ १९ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिए । धरान उपमहानगरपालिका–१६ स्थित रङ्गशालामा आयोजना हुने प्रतियोगितामा १० वटा क्लब सहभागी रहनेछन् ।

माघ १९ गते पहिलो खेल लिग च्याम्पियन चर्च ब्वाइज क्लब र पुलिस क्लबबीच हुने अध्यक्ष तामाङले बताए । प्रतियोगितामा एनआरटी क्लब काठमाडौं, लिग च्याम्पियन चर्च ब्वाइज क्लब, नेपाल पुलिस क्लब, भुटान फुटबल एकेडेमी, त्रिभुवन आर्मी क्लब, इटहरी जागृति क्लब, युके एफसी भारत, मच्छिन्द्र क्लब काठमाडौं, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा, र धरान फुटबल क्लब रहने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले ट्रफीसहित रु १० लाख र उपविजेताले नगद रु ५ लाख पुरस्कार पाउने छन् । उत्कृष्ट खेलाडीले नगद रु १ लाख र प्रत्येक खेलको प्लेयर अप द म्याचले रु १५ हजार सर्वाधिक गोलकर्ताले रु ३५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफन्स, उत्कृष्ट मीड फिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही रु २५ हजार पुरस्कार पाउने क्लबका महासचिव नविन राईले बताएका छन् ।

प्रतियोगितामा विजेताले पाउने रु १० लाख पुरस्कार धरान बहराईन एकता समाज धरान समाज युकेले प्रदान गर्ने भएको छ भने, उपविजेताले पाउने रु ५ लाख धरान उपमहानगरपालिका–१५ निवासी हाल पोर्चुगलमा रहेका अरुण राईले प्रदान गर्ने जनाइएको छ ।

प्रतियोगिताको लागि आर्थिक समिति, खेलाडी समिति, प्रचारप्रसार समिति, सुरक्षा समितिलगायतका समितिहरु बनाइएको अध्यक्ष तामाङ बताउँछन् । गत वर्षको संस्करण एनआरटी क्लब काठमाडौंले जितेको थियो भने जिल्ला फुटबल सङ्घ मोरङ उपविजेता भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार