कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

प्रविधिलाई अगाडि बढाए देश अगाडि बढ्छ : पूर्व राष्ट्रपति भण्डारी

हाम्रो सोचलाई शिक्षामार्फत प्रविधिसँग जोड्न नसक्दा आज हामी पछाडि छौं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं, माघ १८ गते । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले प्रविधिलाई अगाडि बढाए देश अगाडि बढ्ने बताउनु भयो ।

पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानमा छैटौँ संस्करण डेल्टा ५.० महोत्सवको उदघाटन गर्नु हुँदै उहाँले उक्त कुरा बताउनु भएको हो । इतिहासमा नेपाल प्रविधिमा अगाडि रहेको पुष्टि सय वर्ष पहिले बनिएका ढुङ्गे धाराहरुबाट समेत हुने बताउनुभयो । “तर समय सँगै हाम्रो सिपलाई प्रविधिसँग जोड्न नसक्दा आज कृषि र बनका साढे तिन खर्बका सामग्र्रीहरु भित्रिरहेको बताउनु भयो ।’’

हाम्रो सोचलाई शिक्षामार्फत प्रविधिसँग जोड्न नसक्दा आज हामी पछाडि छौं तथापि अब चनाखो भएर अगाडि बढ्नु पर्ने पूर्व राष्ट्रपति भण्डारीले बताउनुभयो । यसका लागि सधैं अभिभाकत्व भएर सहयोग गर्ने उहाँले बताउनु भयो ।

यस महोत्सवबाट प्राविधिक ईन्जिनियरका विविध विधाका विद्यार्थीहरुको सिर्जना, प्रतिभाको उजागर हुने भएकाले यसबाट व्यवस्थापन अभिवृद्धिमा महत्वपूर्ण भमिका रहने पुर्व राष्ट्रपति भण्डारीका् भनाइ छ ।

यो महोत्सव इन्जिनियरिङ संकायका विद्यार्थीहरूका लागि सबैभन्दा ठूलो तथा प्रतिष्ठित कार्यक्रम रहेकाले ‘कृषि, प्रविधि र नवप्रवर्तन’ लाई मुख्य विषय बनाइएको क्याम्पस प्रमुख ईन्जिनियर काजिराम कार्कीले बताउनु भयो । विद्यार्थीहरूलाई प्रविधि र नवप्रवर्तनमा संलग्न गराएर बौद्धिक विकासमा सहयोग पुरÞ्याउने उहाँले बताउनुभयो ।  कृत्रिम बुद्धिमत्ता र स्वचालन, डिजिटल अर्थतन्त्र, स्मार्ट सिटीका लागि इन्जिनियरिङ र विश्वव्यापी समाधानका लागि इन्जिनियरिङ जस्ता उपविषयहरू समावेश गरिएको उहाँको भनाइ छ ।

यसबाट विश्वविद्यालय र विद्यार्थीहरूलाई प्रविधिमा अगाडि बढ्न प्रेरित गर्ने स्ववियु सभापति नविन श्रेष्ठले बताउनुभयो ।

क्याम्पसको ७ फ्याकल्टीका विद्यार्थीको संस्था डेल्टा ५.० ले टेक्नोलोजी फर एग्रीकल्चर एण्ड इनोभेसन थिम कृषिमा प्रविधिको नवीनताको प्रयोग सम्बन्धी अवधारणा सार्वजनिक गरेको छ ।

मुख्य विषयवस्तु कृषिमा प्रविधिको नवीनतम प्रयोगका ५ वटा विषयवस्तुमा आधारित प्रविधिहरू एआई र स्वचालन, प्रविधिमा नवीनता, डिजिटल अर्थ व्यवस्था, स्मार्ट शहरको परिकल्पना, ग्लोबल समस्या समाधानमा ईन्जिनियरिङ रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानको निशानामा अमेरिकी अर्थमन्त्री, सुरक्षाका लागि सैनिक बेसमा आश्रय
२०८३ कार्तिक २५, बुधबार
जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल (अन्तवार्ता)
२०८३ कार्तिक २५, बुधबार
विश्वकप तयारीमा नेपाली यू–१९ महिला टोली, भारतसँग टी–२० शृङ्खला खेल्ने
२०८३ कार्तिक २५, बुधबार
Minister Wagle wants special financial package for vulnerable countries
२०८३ कार्तिक २५, बुधबार
विश्वासको मत लिन मधेसका मुख्यमन्त्री यादवले बोलाए प्रदेशसभा बैठक
२०८३ कार्तिक २५, बुधबार
रुसका लागि जासुसी गरेको आरोपमा बेलायतमा अमेरिकी सैनिक पक्राउ
२०८३ कार्तिक २५, बुधबार
CM Yadav to seek vote of confidence on November 14
२०८३ कार्तिक २५, बुधबार