असार २४, २०८२ मंगलबार July 8, 2025

एपीएफ महिला फुटबल खेलाडी सम्मानित

एपीएफ क्लबका सबिता रानामगर सर्वोत्कृष्ट खेलाडी, साबित्री किसन सर्वोत्कृष्ट गोलकिपर र रश्मिकुमारी घिसिङ सर्वाधिक गोलकर्ता हुन सफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । ‘एन्फा महिला लिग फुटवल–२०२४’को उपाधी जित्न सफल नेपाल एपीएफ क्लबका महिला फुटबल टिम तथा अफिसियललाई सम्मान गरिएको छ। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच सम्मान गरेका हुन्।

महानिरीक्षक अर्यालले नेपाल एपीएफ क्लवमा आवद्ध भई उच्च अनुशासनमा रही उत्कृष्ट खेल प्रदर्शन गरी संगठनको छवी उच्च राख्न खेलेको महत्वपूर्ण योगदानको कदर गर्दै उनीहरूलाई सम्मान गरेका हुन्।

प्रतियोगितामा नेपाल एपीएफ क्लबका सबिता रानामगर सर्वोत्कृष्ट खेलाडी, साबित्री किसन सर्वोत्कृष्ट गोलकिपर र रश्मिकुमारी घिसिङ सर्वाधिक गोलकर्ता हुन सफल भएका थिए।

यसअघि २०७५ साल, २०७७ साल र २०७९ सालमा समेत नेपाल एपीएफ क्लवका महिला फुटवल टिमले एन्फा महिला लिग फुटबलको उपाधी जित्न सफल भएका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार