कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

कला,संस्कृति र सम्पदाको जगेर्ना गर्न पिएसबी कोशेढुङ्गा सावित हुनेछ : पूर्वराष्ट्रपति भण्डारी

संघीय लोकतान्त्रीक गणतन्त्रलाई जनताको आफ्नो व्यवस्थाको रुपमा स्थापित गर्ने काममा पिएसबी महत्वपूर्ण हुने विचार व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः  पूर्वराष्ट्रपति विद्यादेवि भण्डारीले मुलुकको लोकतन्त्रको प्रबर्द्धनका लागि मात्रै होइन देशको कला संस्कृति र सम्पदाको जगेर्ना गर्न पनि सार्वजनिक सेवा प्रसारण पिएसवी कोशेढुङ्गा सावित हुने बताउनुभएको छ ।

सार्वजनिक सेवा प्रसारण नेपाल, एनटिभी इटहरी च्यानलको ५औँ वर्षिकोत्सव एवम् सार्वजनिक सेवा प्रसारणमा एनटिभी इटहरी विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताउनु भएको हो ।

उहाँले नेपाली- नेपाली विचको आपसी सद्भाव, सहिष्णुता र भावनात्मक एकतालाई थप सुदृढ बनाउदै संघीय लोकतान्त्रीक गणतन्त्रलाई जनताको आफ्नो व्यवस्थाको रुपमा स्थापित गर्ने काममा पिएसबी महत्वपूर्ण हुने विचार व्यक्त गर्नुभयो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सरकारले केही गर्न सकेन भन्ने गलत भाष्यलाई चिर्दै सत्य र तथ्यमा आधारित समाचारहरु जनता समक्ष सम्प्रेसण गर्ने दायित्व सार्वजनिक सेवा प्रसारण नेपालले निर्वाह गर्नुपर्ने बताउनुभयो । पिएसवीले सबै क्षेत्रका अपार सम्भावनालाई जनता समक्ष पुर्‍याउनुपर्ने विचार राख्दै उहाँले सरकारका कमजोरीहरुलाई पनि उजागर गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले पिएसवीले सत्य र तथ्यमा आधारित सूचना तथा समाचारहरु प्रसारण गर्नुपर्नेमा जोडदिनुभयो ।

कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा. महेन्द्र विष्टले पिएसबीले राष्ट्रिय जिम्मेवारि बहन गर्ने तर सरकारको प्रचारयन्त्रको रुपमा काम नगर्ने बताउदै राष्ट्रिय एकताको प्रवर्द्धन, बिपद्ब सम्बन्धी जानकारी सम्प्रेषण र समृद्धिलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो ।

सार्वजनिक सेवा प्रसारण नेपालका संचालक समितिका सदस्य अनिता गुरुङ र एनटिभी इटहरी च्यानलका प्रमुख बसन्त रुपाखेतीले नयाँ अवस्था र परिस्थिति अनुसार एनटिभी इटहरी च्यानलले पनि आफुलाई परिष्कृत गर्दै लगेको बताउनुभयो ।

विक्रम संवत २०७६ साल माघ १७ गतेबाट औपचारिक प्रसारणको सुभारम्भ भएको नेपाल टेलिभिजन इटहरी च्यानल स्थापनाको छैटौँ वर्षमा प्रवेश गरेको छ

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानको निशानामा अमेरिकी अर्थमन्त्री, सुरक्षाका लागि सैनिक बेसमा आश्रय
२०८३ कार्तिक २५, बुधबार
जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल (अन्तवार्ता)
२०८३ कार्तिक २५, बुधबार
विश्वकप तयारीमा नेपाली यू–१९ महिला टोली, भारतसँग टी–२० शृङ्खला खेल्ने
२०८३ कार्तिक २५, बुधबार
Minister Wagle wants special financial package for vulnerable countries
२०८३ कार्तिक २५, बुधबार
विश्वासको मत लिन मधेसका मुख्यमन्त्री यादवले बोलाए प्रदेशसभा बैठक
२०८३ कार्तिक २५, बुधबार
रुसका लागि जासुसी गरेको आरोपमा बेलायतमा अमेरिकी सैनिक पक्राउ
२०८३ कार्तिक २५, बुधबार
CM Yadav to seek vote of confidence on November 14
२०८३ कार्तिक २५, बुधबार