असार २२, २०८२ आइतबार July 6, 2025

महिला अन्तर्राष्ट्रिय क्रिकेटः टस हारेर पहिले बलिङ गर्दै नेपाल

नेदरल्याण्ड्सकी कप्तान बाबेट डी लिडेले टस जितेर ब्याटिङ रोजिन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २० माघः त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टि–ट्वान्टी शृङ्खलाअन्तर्गत आजको खेलमा नेपालले टस हारेर नेदरल्याण्ड्सविरुद्ध पहिले बलिङ गर्नेभएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै भएको टसमा नेदरल्याण्ड्सकी कप्तान बाबेट डी लिडेले टस जितेर ब्याटिङ रोजिन ।

जारी प्रतियोगितामा नेपालले यसअघि खेलेको दुवै खेलमा हार बेहारेको थियो । नेपाल आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो भने दोस्रो खेलमा थाइल्यान्डसँग चार विकेटको पराजित भएको थियो ।

पहिलो खेलमा नेपाललाई पराजित गरेको नेदरल्याण्ड्स आफ्नो दोस्रो खेलमा थाइल्यान्डसँग आठ विकेटको पराजित भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया