असार २४, २०८२ मंगलबार July 8, 2025

अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप : चर्च बोइज युनाइटेडको विजय सुरुवात

नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले हराउँदै लिग च्याम्पियन चर्च बोइज प्रतियोगिताको सेमिफाइनलमा प्रवेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, माघ २० गते । २५ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा चर्च बोइज युनाइटेडले विजय सुरुवात गरेको छ ।

धरान–१६ रङ्गशालामा शनिबारदेखि सुरु भएको पहिलो खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले हराउँदै लिग च्याम्पियन चर्च बोइज प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।

पहिलो हाफमा दुबै टिमले गोलरहित बराबरी खेल खेले पनि खेलको दोस्रो हाफको ४२ औं मिनेटमा चर्च बोइजका सन्तोष खत्रीले एक मात्र निर्णयक गोल गर्नुभयो । विदेशी खेलाडी एंड्रिउ इबो यामाहाको पासमा सन्तोषको निर्णयक गोलसँगै चार पटकको विजेता पुलिस प्रतियोगिताबाट बाहिरिन बाध्य भयो ।

खेलको म्यान अफ द म्याच चर्च बोइजका सन्तोष खत्री हुनुभयो । उहाँले नगद दश हजार प्राप्त गर्नुभएको थियो । आइतबारको दोस्रो क्वाटरफाइनल खेल आयोजक धरान फुटबल क्लब र युके एफसी भारतबिच हुने आयोजकले जनाएको छ ।

माघ २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विजेताले ट्रफीसहित नगद १० लाख र उपविजेताले नगद पाँच लाख पुरस्कार पाउनेछ । प्रतियोगिताको उद्घाटन प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव कृष्ण बस्नेतले गर्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार