असार २४, २०८२ मंगलबार July 8, 2025

आइसिसी यू-१९ महिला टी–२० विश्वकप क्रिकेटको उपाधि भारतले जित्यो

दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो यू-१९ विश्वकपको उपाधि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः दोस्रो संस्करणको आइसिसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेटको उपाधि भारतले जितेको छ ।

आइतबार भएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई ९ विकेटले हराउँदै भारतले उपाधि जितेको हो ।उसले लगातार दोस्रोपटक यू–१९ महिला विश्वकपको उपाधि जितेको हो । सन् २०२३ मा भएको पहिलो संस्करणको विश्वकप फाइनलमा भारतले इंग्ल्याण्डलाई ७ विकेटले हराएको थियो ।

यसपटक फाइनलमा दक्षिण अफ्रिकाले दिएको ८३ रनको लक्ष्य भारतले ११.२ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि गोंगडी त्रिशाले ३३ बलमा ८ चौकासहित अविजित ४४ रन जोडिन् । अविजित नै रहेकी सानिका चाल्केले २६ रनको योगदान दिइन् ।

दक्षिण अफ्रिकाका लागि कायला रेयान्केले मात्र एक विकेट लिन सकिन् । त्यसअघि मलेसियाको बायुमास ओभलमा टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिका निर्धारित २० ओभरमा ८२ रनमा अलआउट भयो ।

उसका लागि मिके भ्यान भोर्स्टले २३, जेम्मा बोथाले १६ तथा फे काउलिङले १५ रन जोडे । बाँकी ब्याटरको प्रदर्शन सन्तोषजनक रहन सकेन । भारतका लागि गोंगडी त्रिशाले तीन, वैष्णवी शर्मा, आयुषी शुक्ला र पारुनिका सिसोदियाले दुई/दुई विकेट लिए ।

जारी संस्करणमा नेपालको पनि सहभागिता थियो । यद्यपि नेपालले समूह चरण पार गर्न सकेन । नेपालले ग्रुप स्टेजमा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्डसँग खेलेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार