श्रावण १४, २०८२ बुधबार July 30, 2025

प्रदेश सरकार देखिने र अनुभव गर्न सकिने सेवा प्रदान गर्न सफल : मुख्यमन्त्री आचार्य

प्रदेश देखिने, अनुभव गर्न सकिने र नागरिकको दैनिक जीवनसँग जोडिन सेवा प्रदान गर्न सफल भएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

लुम्बिनी, २१ माघ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार नागरिकको दैनिक जीवनसँग जोडिन सफल भएको बताउनुभएको छ ।

प्रदेश स्थापना दिवसको अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले प्रदेश देखिने, अनुभव गर्न सकिने र नागरिकको दैनिक जीवनसँग जोडिन सेवा प्रदान गर्न सफल भएको दाबी गर्नुभयो ।

“विगत सात वर्षमा सङ्घीयता कार्यान्वयन गर्न लुम्बिनी प्रदेश सफल भएको हामीले महसुस गरेका छौँ”, उहाँले भन्नुभयो, “लुम्बिनी प्रदेशको आफ्नै प्रशंसनिक संरचना, विकास मोडेल, जनअपेक्षा पूरा गर्न सक्षम हुने विश्वास व्यक्त गर्दछु ।” स्थापनाको आठौँ वार्षिकोत्सव मनाउँदै गर्दा प्रदेश सरकार आम नागरिकको भरोसाको रुपमा स्थापितहुन सफल भएको र यसले प्रदेशवासीमा उत्साह थपेको बताउनुभयो ।

प्रदेश सरकार नागरिकको विकासप्रतिको तीव्र आकांक्षा पूरा गर्न, बनेका ऐन नियम तथा कानुनको पूर्ण कार्यान्वयन गर्न, प्रदेशको दिगोपनालगायत साझा सरोकारका मुद्दामा सबैसँग समन्वय र सहकार्यको माध्यमबाट अघि बढ्न चाहेको बताउनुभयो । राजनीतिक अस्थितरताको अन्त्यगरी समृद्ध लुम्बिनी, खुसी नागरिकको लक्ष्यहासिल गर्न सरकार प्रतिबद्ध रहेको भनाइ उहाँको छ ।

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसलाई उत्सवको रुपमा मनाउँदैछ । आज आठौँ स्थापना दिवस उत्सवको रुपमा मनाउन थालेको हो । प्रदेशसभा सचिवालय परिसरमा मूल समारोहको आयोजना गरिँदैछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वनमन्त्री शाही नर्वेमा उच्चस्तरीय कार्यक्रममा व्यस्त
२०८२ श्रावण १५, बिहिबार
मितव्ययी बन्दै प्रधानमन्त्री कार्यालय, घट्यो खर्च
२०८२ श्रावण १४, बुधबार
नेपाल ओलम्पिक कमिटीको तदर्थ कमिटी छिट्टै : मन्त्री चौधरी
२०८२ श्रावण १४, बुधबार
संसद् र सांसदहरू अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ पार्ने साधन पनि हो : सभामुख
२०८२ श्रावण १४, बुधबार
एन्फा यु–१६ युथ लिग : एपिएफ र श्री भगवतीको बराबरी
२०८२ श्रावण १४, बुधबार
एथलेटिक्स सङ्घमा राजीव विक्रम शाह पुन: निर्वाचित
२०८२ श्रावण १४, बुधबार
विश्वकप टेबलटेनिसको दक्षिण एसियाली छनोट च्याम्पियनसिप छनोट सुरु
२०८२ श्रावण १४, बुधबार