कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

विराटनगरबाट पूर्वराष्ट्रपतिको प्रष्ट सन्देशः खोपीको देउता भएर बस्दिनँ

पूर्वराष्ट्रपति भण्डारीले भनिन्– मैले पार्टीको सक्रिय राजनीति गर्दा नेकपा एमालेबाटै गर्ने हो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः एक साताको विराटनगर बसाइ टुंग्याएर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आइतबार राजधानी फर्किएकी छन् ।

गत १४ माघमा विराटनगर आएकी पूर्वराष्ट्रपति भण्डारीको यो भ्रमण र भेटवार्तालाई राष्ट्रिय राजनीतिक वृत्तमै चासोका साथ हेरिएको छ । किनकि विराटनगरबाट पूर्वराष्ट्रपति भण्डारीले पत्रकार सम्मेलन गरेरै राष्ट्रिय राजनीतिमा सक्रिय रहेको सन्देश मात्र दिइनन्, अधिकांश भेटवार्ता पनि राजनीतिसँगै सम्बन्धित गरिन् ।

१९ माघको एउटा भेटवार्तामा सहभागी एक नेताका अनुसार पूर्वराष्ट्रपति भण्डारीले विराटनगरको यो भ्रमणबाट प्रष्ट सन्देश दिएकी छन्– म खोपीको देउता भएर बस्दिनँ । सार्वजनिक अभिव्यक्तिहरूमा पनि उनले राष्ट्रिय राजनीतिका विषयहरूमा आफू सधैं सक्रिय रहेको बताइन् । धेरैले चासोका साथ हेरेको विषयमा भने पत्रकार सम्मेलनमार्फत पूर्वराष्ट्रपति भण्डारीले भनिन्– मैले पार्टीको सक्रिय राजनीति गर्दा नेकपा एमालेबाटै गर्ने हो ।

विराटनगर, पूर्वराष्ट्रपति भण्डारीले राजनीतिक यात्रा थालेको शहर पनि हो । २०३० सालतिर भोजपुरबाट विराटनगर झरेकी विद्या भण्डारीले महेन्द्र मोरङ क्याम्पसबाटै विद्यार्थी राजनीति थालेकी थिइन् । उक्त क्याम्पसमा उनी स्ववियू कोषाध्यक्ष समेत भइन् ।

स्ववियु कोषाध्यक्ष भएर बढेको उनको राजनीति एमालेको दुईपटक केन्द्रीय उपाध्यक्ष, रक्षा मन्त्री हुँदै दुईपटक राष्ट्रपतिसम्म पुग्यो । अहिले (२०७९ फागुनदेखि) पूर्वराष्ट्रपतिको हैसियतमा रहेकी भण्डारीले यसपटक विराटनगर जाँदा महेन्द्र मोरङ क्याम्पसमा आफू कोषाध्यक्ष रहँदाका विद्यार्थी नेताहरूसँग पनि भेटिन् ।

पुराना दिन सम्झाउनेगरी उनले पूर्व घरबेटीलाई भेटिन् । तर भेटघाटको अधिकांश समय राजनीतिक नै थियो । एमाले मोरङका एक नेताका अनुसार एक साताको विराटनगर बसाईमा भएको भेटवार्ता विश्लेषण गर्दा भण्डारीले सक्रिय राजनीतिमा फर्कने तयारी रहेकै सहज अनुमान लगाउन सकिन्छ ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई तत्कालै चिढ्याउने पक्षमा भने पूर्वराष्ट्रपति भण्डारी देखिँदैनन् । तर परिस्थिति हेरेर अघि बढ्ने संकेत दिएकी छन् । आफू सक्रिय राजनीतिमा आउँदा वाम ध्रुवीकरणको वातावरण बन्ने भण्डारीको विश्लेषण छ ।

‘स्वभाव र शैलीका कारण केपी शर्मा ओलीको नेतृत्वमा वाम ध्रुवीकरण सम्भव छैन, तर विद्या कमरेड आउँदा त्यो वातावरण बन्छ,’ ती नेताले भने, ‘विद्या कमरेडप्रति माओवादी केन्द्र र एकीकृत समाजवादी सफ्ट छ ।’

भण्डारी राजनीतिमा आउँदा ओलीबाट पेलिएका नेताहरुमा संरक्षण पाउने आश रहेको ती नेताको भनाई छ । विराटनगरमा रहदा उनले ओलीको साथ नपाएका नेताहरूसँग पनि भेटघाट गरिन् । भेटघाटको वातावरण एमाले नेता विनोद ढकालले मिलाएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानको निशानामा अमेरिकी अर्थमन्त्री, सुरक्षाका लागि सैनिक बेसमा आश्रय
२०८३ कार्तिक २५, बुधबार
जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल (अन्तवार्ता)
२०८३ कार्तिक २५, बुधबार
विश्वकप तयारीमा नेपाली यू–१९ महिला टोली, भारतसँग टी–२० शृङ्खला खेल्ने
२०८३ कार्तिक २५, बुधबार
Minister Wagle wants special financial package for vulnerable countries
२०८३ कार्तिक २५, बुधबार
विश्वासको मत लिन मधेसका मुख्यमन्त्री यादवले बोलाए प्रदेशसभा बैठक
२०८३ कार्तिक २५, बुधबार
रुसका लागि जासुसी गरेको आरोपमा बेलायतमा अमेरिकी सैनिक पक्राउ
२०८३ कार्तिक २५, बुधबार
CM Yadav to seek vote of confidence on November 14
२०८३ कार्तिक २५, बुधबार