असार २४, २०८२ मंगलबार July 8, 2025

आहा-रारा गोल्डकप : पुलिसले आयोजक सहारा क्लबलाई १–० गोलले हरायो

 पुलिसले क्वार्टरफाइनलमा ब्रिगेड ब्वाइज क्लब युकेसँग प्रतिस्पर्धा गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा, माघ २२ गते । विभागीय टोली नेपाल पुलिस क्लबले २४औँ आहा–रारा पोखरा गोल्डकपमा विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा मङ्गलबार भएको उद्घाटन खेलमा पुलिसले आयोजक सहारा क्लबलाई १–० गोलले हरायो ।

जितसँगै पुलिस क्वार्टरफाइनलमा प्रवेश गरेको छ । प्रतिस्पर्धात्मक खेलमा पुलिसलाई जिताउन उज्वल राईले गोल गर्नुभयो । राईले ३७औँ मिनेटमा कर्नरबाट प्रहार गर्नुभएको बल साेझै गोल भएको थियो ।

उक्त गोलनै अन्तिममा निर्णायक बन्यो । जसलाई आयोजक सहारा क्लबका गोलरक्षक सन्तोष महतले नियाल्न सक्नुभएन । उज्वल राई म्यान अफ दि म्याच घोषित हुनुभयो ।

खेलमा पुलिसले केही राम्रा अवसरलाई सदुपयोग गर्न सकेन । १७औँ मिनेटमा विवेक पाण्डेले दिएको पासलाई सुजन मगरले प्रहार गर्दा पोस्ट नजिकैबाट बाहिरियो । ३२औँ मिनेटमा सुजन मगरले हानेको बल विपक्षी किपरबाट रिबाउन्ड भएको थियो ।

३३औँ मिनेटमा राम वाजीले प्रहार गरेको फ्रि किकलाई उज्वल राईको प्रहार बाहिरिएको थियो । आयोजक सहाराले पनि केही राम्रा अवसरलाई गोलमा परिणत गर्न नसक्दा प्रतियोगिताबाट बाहिरियो । पाँचौँ मिनेटमा विलियम सेसेगननले वान भर्सेस वानको अवस्थामा हानेको बल गोल हुन सकेन ।

११औँ मिनेटमा सुनील लामाले आर्क नजिकैबाट प्रहार गरेको बललाई विपक्षी गोलरक्षक सन्तोष महतले बचाउनुभयो । २३औँ मिनेटमा सन्तबहादुर गुरुङको कडा प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो । २८औँ मिनेटमा सन्तबहादुर गुरुङले हानेको बल सेकेन्ड बार नजिकैबाट बाहिरियो ।

खेलपछि सहाराका प्रशिक्षक सुनील रानाले राम्रो खेले पनि पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा हार खाएको बताउनुभयो । उहाँले खेलाडीबिच तालमेल नमिलेको पनि बताउनुभयो । पुलिका प्रशिक्षक चेतन घिमिरेले आगामी खेलमा थप सुधारिएको प्रदर्शन गर्ने बताउनुभयो । प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको छ ।

यसअघि प्रतियोगिताको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभएको थियो । पुलिसले क्वार्टरफाइनलमा ब्रिगेड ब्वाइज क्लब युकेसँग प्रतिस्पर्धा गर्नेछ । बुधबार विभागीय टोली एपिएफ र मच्छिन्द्र क्लबबिच प्रतिस्पर्धा हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार