असार २४, २०८२ मंगलबार July 8, 2025

२४औं आहारारा पोखरा गोल्डकप : मच्छिन्द्र र एपीएफबीच प्रतिस्पर्धा हुँदै

अहिलेसम्म आहारारा पोखरा गोल्डकप जित्न नसकेको मच्छिन्द्र विजयी सुरूवात गर्ने लक्ष्यमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, २३ माघ । २४औं आहारारा पोखरा गोल्डकपको दोस्रो प्रि-क्वाटरफाइनल खेलमा बुधबार मच्छिन्द्र एफसी र विभागीय टोली एपीएफ एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।खेल पोखरा रंगशालमा दिउँसो २:३० बजे सुरु हुनेछ ।

चर्चित खेलाडीहरु टिममा राखेर पनि अहिलेसम्म आहारारा पोखरा गोल्डकप जित्न नसकेको मच्छिन्द्र विजयी सुरूवात गर्ने लक्ष्यमा हुनेछ । केही दिनअघि काठमाडौंमा भएको सभापति कप फुटबलमा पनि यी दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो ।

जहाँ मछिन्द्रले एपीएफलाई १-० ले हराएर सेमिफाइनल पुगेको थियो । त्यस खेलमा मच्छिन्द्रका सनिश श्रेष्ठले गोल गरेका थिए । सनिशलाई सहारा क्लबले यस वर्ष सहारा सर्वोत्कृष्ट खेलाडीको अवार्डबाट २४औं संस्करणको उद्घाटनको अवसरमा सम्मान समेत गरेको थियो ।

गोलकिपर विशाल श्रेष्ठको कप्तानीमा रहेको मच्छिन्द्रमा मनिष डाँगी, आयुष घलान, सनिश श्रेष्ठ, विमल घर्ती मगर, देवेन्द्र तामाङ, छिरिङ गुरुङजस्ता खेलाडी छन् ।

मछिन्द्रमा नाम चलेका खेलाडीहरू भएपनि त्यस अनुसारको प्रदर्शन पोखरामा देखिएको छैन । उता एपीएफमा राष्ट्रिय टिमबाट खेलिसकेका मणि कुमार लामा मुख्य खेलाडीको रुपमा छन् । एपीएफमा सँगै खेलेका खेलाडीहरु भएकोले टिम सन्तुलन राम्रो देखिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार