असार २४, २०८२ मंगलबार July 8, 2025

महिला टी-२०आई: थाइल्याण्डविरूद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

उपाधि होडबाट बाहिरिइसकेको नेपाललाई आज सान्त्वना जित निकाल्ने अवसर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, २५ माघ । काठमाडौँमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२०आई शृङ्खलाको अन्तिम खेलमा नेपालले थाइल्यान्डसँग खेल्दै छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा केही बेरमा सुरु हुने खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ । नेपालकी कप्तान इन्दु बर्माले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेकी हुन् ।

नेपालका लागि राजमती ऐरीले टी-२०आई क्रिकेटमा डेब्यू गर्दै छिन् । राजमती यसअघि एसीसी एसिया कप २०२४ को टोलीमा पनि परेकी थिइन् तर कुनै खेल भने खेलेकी थिइनन् ।

उनी घरेलु क्रिकेटमा एपीएफ क्लबबाट खेल्दै आएकी छन् । भर्खरै सम्पन्न महिला पीएम कपमा उनले एपीएफका लागि तेस्रो सर्वाधिक रन बनाएकी थिइन् । उनले ६ खेलमा ८५ रन बनाएकी थिइन् ।

नेपालले आज दुई परिवर्तन गरेको छ । रोमा थापा र ममता चौधरी बाहिर रहँदा राजमती र अलिशा यादव टिममा आएका छन् ।

यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको नेपाललाई आज सान्त्वना जित निकाल्ने अवसर छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार
बौद्धबाट १ करोड ४४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ असार २४, मंगलबार
गाजामा पाँच इजरायली सैनिकको मृत्यु : सेना
२०८२ असार २४, मंगलबार
सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार
२०८२ असार २४, मंगलबार
छिटो न्याय सम्पादन र जनआस्था वृद्धि गर्न अहोरात्र खटिरहेका छौं : प्रधानन्यायाधीश
२०८२ असार २४, मंगलबार
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार