असार २४, २०८२ मंगलबार July 8, 2025

फिफाबाट पाकिस्तान फुटबल महासंघ फेरि निलम्बित

यो निर्णयसँगै पाकिस्तान फुटबल महासंघलाई २०१७ यता तेस्रो पटक फिफा निलम्बित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अन्तर्राष्ट्रिय फुटबल महासंघ (FIFA) ले पाकिस्तान फुटबल महासंघ (PFF) लाई नियमावली परिमार्जन नगरेको भन्दै निलम्बन गरेको छ।

फिफाले पाकिस्तान फुटबलको उचित प्रशासन तथा पारदर्शिता कायम राख्न महासंघको विधान संशोधन गर्न निर्देशन दिएको थियो, जुन पूरा हुन नसकेपछि निलम्बनको निर्णय गरिएको हो।

सन् २०१९ देखि पाकिस्तान फुटबल महासंघ फिफाद्वारा नियुक्त ‘नर्मलाइजेसन कमिटी’ को नियन्त्रणमा छ। यस कमिटीलाई महासंघको निर्वाचन गराउने र आन्तरिक विवाद समाधान गर्ने जिम्मेवारी दिइएको थियो। तर, लामो समयसम्म अपेक्षित सुधार नआएपछि फिफाले कडा कदम चालेको हो।

Pakistan Football Federation Suspended By FIFA Over Constitutional Revisionsपछिल्ला पाँच वर्षमा नर्मलाइजेसन कमिटीको नेतृत्व पटक–पटक परिवर्तन भए पनि पाकिस्तान फुटबलको समस्या जस्ताको तस्तै रहेको छ। कमिटी र राज्य-नियन्त्रित पाकिस्तान स्पोर्ट्स बोर्डबीचको विवाद मुख्य कारणका रूपमा देखिएको छ, जसले सुधारको प्रक्रिया अवरुद्ध गरिरहेको छ।

यसै सन्दर्भमा, पाकिस्तान फुटबल महासंघका नर्मलाइजेसन कमिटीका अध्यक्ष हारुन मलिक ले गत साता संसदीय समितिमा फिफाको निर्देशन पालना नगरेमा पाकिस्तानलाई प्रतिबन्ध लाग्न सक्ने चेतावनी दिएका थिए। तर, महासंघको कंग्रेसले फिफाको निर्देशन अस्वीकार गरेपछि निलम्बनको घोषणा गरिएको हो।

यो निर्णयसँगै पाकिस्तान फुटबल महासंघलाई २०१७ यता तेस्रो पटक फिफाले निलम्बन गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार