असार २४, २०८२ मंगलबार July 8, 2025

स्पेनिस ला लिगामा एम्बाप्पेले रियल म्याड्रिडलाई हारबाट जोगाए

खेल बराबरीले तालिकामा रियल एट्लेटिकोलाई एक अङ्कले पछि पार्दै अग्रता कायम राख्न सफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः शनिबार भएको स्पेनिस ला लिगाको तनावपूर्ण म्याड्रिड डर्बी बराबरीमा सकिएको छ। रियल म्याड्रिडलाई हारबाट जोगाउने क्रममा स्टार खेलाडी केलिएन एम्बाप्पेले गोल गरे। खेलको ३५ औँ मिनेटमा जुलियन अल्भारेजले पेनाल्टीमा गोल गर्दै एट्लेटिको म्याड्रिडलाई अग्रता दिलाएका थिए।

दोस्रो हाफको पाँचौँ मिनेटमा जुड बेलिङघमको प्रहार रिबाउन्ड भएर आफ्नो अघि आइ पुगेपछि एम्बाप्पेले गोल गरेका थिए। दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको बेलिङघमको एक प्रहार क्रस बारमा लागेको थियो भने एक प्रहार विपक्षी गोल रक्षक जान ओबलाले बचाएका थिए।

बराबरीले तालिकामा रियल एट्लेटिकोलाई एक अङ्कले पछि पार्दै अग्रता कायम राख्न सफल भएको छ।

स्पेनिस ला लिगाका शनिबार भएका अन्य खेलमा सेल्टा भिगोले रियल बेटिसलाई ३-२ ले हरायो। एथलेटिको क्लबले गिरोनालाई ३-० ले र भिल्लारियलले लास पल्मासलाई २-१ ले हराएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार