कार्तिक २९, २०८३ आइतबार November 15, 2026

संस्कृति संरक्षण गर्न बहुजातीय सांस्कृतिक कार्यक्रम

आगामी फागुन ७, ८ र ९ गते व्यास नगर बहुजातीय सांस्कृतिक कार्यक्रम हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

डुम्रे (तनहुँ), २८ माघः व्यास नगरपालिकाले विभिन्न जातिका मौलिक भाषा, कला, संस्कार र संस्कृति संरक्षणका लागि व्यास नगर बहुजातीय सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

आज यहाँ पत्रकार सम्मेलन गरी नगरपालिकाले नगरपालिकाभित्र बसोबास गर्ने सबै समुदायका मौलिक भाषा, साहित्य, कला, संस्कार, संस्कृति जगेर्ना, उत्थान र संवद्र्धन गर्ने उद्देश्यले सांस्कृतिक कार्यक्रम गर्ने जनाएको हो ।

व्यास नगरपालिकाको संरक्षकत्वमा व्यास नगर प्रज्ञा प्रतिष्ठानको आयोजना तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको समन्वयमा आगामी फागुन ७, ८ र ९ गते व्यास नगर बहुजातीय सांस्कृतिक कार्यक्रम हुने नगरप्रमुख कुलपति वैकुण्ठ न्यौपानेले बताउनुभयो ।

उपप्रमुख इन्दिरा दरैले सांस्कृतिक महोत्सवले जातीय विभेद घटाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सांस्कृतिक कार्यक्रममा झाँकीसहितको शोभायात्रा, बालन नाच, भजन, चुड्का, कौराहा, सोरठी, स्वराही, पाउदुरे, झ्याउरे, घाँटु नाचका साथै मूर्ति, चित्रकला पनि प्रदर्शनी गरिनेछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाँदरको हैरानीले किसान अदुवाखेतीतर्फ आकर्षित
२०८३ कार्तिक २९, आइतबार
सुनसरीमा छठ पर्वका सामग्रीको व्यापार बढ्यो, पूजास्थल तयार
२०८३ कार्तिक २९, आइतबार
छठ महापर्व नेपाली समाजको अद्वितीय सांस्कृतिक अनुष्ठानः उपराष्ट्रपति यादव
२०८३ कार्तिक २९, आइतबार
छठी मैयाको कृपाले सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस् : गगन थापा
२०८३ कार्तिक २९, आइतबार
ट्राफिक नियम उल्लंघन गर्ने ५५७ सवारी चालक ट्राफिक फन्दामा
२०८३ कार्तिक २९, आइतबार
खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक
२०८३ कार्तिक २९, आइतबार
पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २९, आइतबार