असार २४, २०८२ मंगलबार July 8, 2025

१० औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु

प्रतियोगितामा ६ वटा स्थानीय तहबाट छनोट भएका खेलाडीहरुको सहभागिता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

म्याग्दी, माघ २८ गते । म्याग्दीको बेनीमा १० औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा सोमबारदेखि बेनीको खुल्ला मञ्चमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा ६ वटा स्थानीय तहबाट छनोट भएका खेलाडीहरुको सहभागिता छ ।

प्रतियोगिताको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा नगर प्रमुख केसी र प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताले विद्यालय स्तरमा खेलकुद प्रतिभाको पहिचान र विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । सहभागी खेलाडीले ३० स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको उद्घाटन खेलमा १५ सय मिटरको दौड प्रतियोगितामा छात्रतर्फ मालिका गाउँपालिकाका विशाल सुनारले स्वर्ण, बेनी नगरपालिकाका ईश्वर न्यौपानेले रजत र बेनीकै सुजन रानामगरले कास्य पदक जित्न सफल हुनुभयो । विजेता खेलाडीहरुलाई बेनी नगर प्रमुख सुरत केसी, रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, प्रमुख जिल्ला अधिकारी ढकाललगायतले पुरस्कार वितरण गर्नुभयो ।

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल, कबड्डी र एथलेटिक्स विद्यातर्फ जिल्लाका ६ स्थानीय तहबाट व्यवस्थापकीय टिमसहित ६ सय जना खेलाडी सहभागी भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने स्थानीय तहलाई रनिङ शिल्ड, ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

आगामी फागुनको ५ र ६ गते गोरखामा हुने प्रदेशस्तरीय राष्ट्रपति रनिङ प्रतियोगितामा भलिबल तर्फबाट २०, कबड्डीबाट २०, मार्शल आर्टबाट ३६ र एथलेटिक्सबाट २४ गरी एक सय जना खेलाडीले सहभागिता जनाउने खेलकुद विकास समितिका अध्यक्ष केसीले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजामा पाँच इजरायली सैनिकको मृत्यु : सेना
२०८२ असार २४, मंगलबार
सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार
२०८२ असार २४, मंगलबार
छिटो न्याय सम्पादन र जनआस्था वृद्धि गर्न अहोरात्र खटिरहेका छौं : प्रधानन्यायाधीश
२०८२ असार २४, मंगलबार
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
इन्धन अभावले गाजामा मानवीय स्थिति भयावह : संयुक्त राष्ट्रसङ्घ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार