असार २४, २०८२ मंगलबार July 8, 2025

आहा–रारा पोखरा गोल्डकप : आर्मीलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा

चर्च ब्वाइजले साविक विजेता त्रिभुवन आर्मी क्लबलाई १–० गोलले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

माछापुच्छ्रे (कास्की), माघ २८ गते । चर्च ब्वाइज क्लब पोखरामा जारी २४औँ आहा–रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालामा सोमबार भएको खेलमा चर्च ब्वाइजले साविक विजेता त्रिभुवन आर्मी क्लबलाई १–० गोलले हरायो । निर्धारित समयको अन्तिम मिनेटमा गोल गर्दै चर्च ब्बाइज क्लबले आर्मीलाई स्तब्ध बनाएको हो ।

वैकल्पिक खेलाडीको रुपमा २५औँ मिनेटमा मैदान प्रवेश गर्नुभएका राजले भुसालले ९०औँ मिनेटमा गोल गर्दै चर्च ब्वाइजलाई अन्तिम चारमा लग्नुभयो । प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले केही राम्रा अवसरलाई गोल सदुपयोग गर्न चुकेका थिए । चर्च ब्वाइजका मिलन राई म्यान अफ दि म्याच हुनुभयो ।

खेलपछि आर्मीका प्रशिक्षक मेघराज केसीले खेल ५०/५० भएपनि स्कोर निकाल्न नसक्दा हार खेपेको बताउनुभयो । चर्चा ब्वाइजका प्रशिक्षक चेतनारायण श्रेष्ठले आर्मी फिजिकल र टेक्निकल्ली बलियो टिम भएको र प्रतिस्पर्धात्मक खेलमा हामीले स्कोर गर्न सकेको बताउनुभयो ।

चर्च ब्वाइजले अब फाइनल प्रवेशका लागि अर्को विभागीय टोली नेपाल पुलिससँग खेल्नेछ । नकआउटका आधारमा सञ्चालित प्रतियोगिताको विजेता टोलीले १२ लाख एक हजार र उपविजेताल ६ लाख एक रुपियाँ पुरस्कार पाउनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार