असार २४, २०८२ मंगलबार July 8, 2025

आहा-रारा गोल्डकपको सेमिफाइनल समीकरण पूरा – ब्ल्याक बुल्स् सेमिफाइनलमा

१२ टिमले भाग लिएको प्रतियोगिताको फाइनल फागुन ३ गते हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । पोखरा रंगशालामा जारी २४ औं आहारार पोखरा गोल्डकप फुटबल प्रतियोगितामा मंगलबार दुई विदेशी टिमको प्रतिस्पर्धा रोचक रह्यो । मैदानमा थिए, भारतको थन्डरबोल्ट्स नर्थ युनाइटेड क्लब र उज्जेकिस्तानको ब्ल्याक बुल्स एफसी । पहिलोपल्ट आहारारा खेल्न आएका यी टिममा उज्जेकिस्तानको टिमले ३–० गोलअन्तरले जित हात पार्दै सेमिफाइनल यात्रा सुनिश्चित पा¥यो ।

योसँगै जारी संस्करणमा सेमिफाइनल समीकरणसमेत पूरा भएको छ । अब पहिलो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड क्लब र विभागीय नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा हुनेछ । दोस्रो सेमिफाइनलमा ब्ल्याक बुल्सले साविक उपविजेता थ्रिस्टारको सामना गर्ने आयोजक सहारा क्लब पोखराले जनाएको छ । आहारारामा पाँचपल्टको विजेता थ्रि स्टारले दोस्रो क्वाटरफाइनलमा मछिन्द्र फुटबल क्लबललाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा पुगेको हो ।

मंगलबारको खेलमा उज्जेकिस्तानी टिमले पहिलो हाफमा १–० को अग्रता लिएकोमा दोस्रो हाफमा भारतीय टिममाथि हावी हुँदै थप २ गोल जोडेको हो ।

३८ औं मिनेटमा इस्लोमजोन अब्दुकोडिरोभले साभकात्जोनको पासमा सुन्दर प्रहार गर्दै टिमका लागि पहिलो गोल गरेका हुन् । वैकल्पिक खेलाडीको रुपमा छिरेका सायिदजामोल दब्लाजोनोभले ७३ औं मिनेटमा गोल गर्दा त्यसको २ मिनेट नबित्दै अर्को गोल थपिन पुगेको हो । ७५ औं मिनेटमा सभकटजोन सट्टोरोभले डि–बक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । जसले जित सुनिश्चित गरिसकेको थियो । प्रतियोगितामा प्लेयर अफ दि म्याच ब्ल्याक बुल्सका अलीजोन अलिजानोभ घोषित भए ।

थन्डरबोल्टले पहिलो खेलमा संकटा एफसीलाई पराजित गर्दै क्वाटरफाइनल पुगेको हो भने ब्ल्याक बुल्स बाई पाएर सिधैँ क्वाटरफाइनल खेलेको हो ।

बुधबार पहिलो सेमिफाइनल नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुनेछ । १२ टिमले भाग लिएको प्रतियोगिताको फाइनल फागुन ३ गते हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार
बौद्धबाट १ करोड ४४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ असार २४, मंगलबार
गाजामा पाँच इजरायली सैनिकको मृत्यु : सेना
२०८२ असार २४, मंगलबार
सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार
२०८२ असार २४, मंगलबार