असार २४, २०८२ मंगलबार July 8, 2025

अन्तर्राष्ट्रिय कुस्तीमा भारतलाई ८ र नेपाललाई ५ पदक

प्रतियोगिताको फाइनल खेलमा पुरुषतर्फ चार र महिलातर्फ दुई वटा प्रतिष्पर्धा सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

राजविराज । सप्तरीको तिरहुत गाउँपालिमा संचालित अन्तराष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगिता सोमबार सम्पन्न भएको छ ।

सप्तरीको तिरहुत गाउँपालिकास्थित बाबा बनष्खण्डीको प्राङ्गण मैदानमा आयोजित प्रतियोगिताको फाइनल खेलमा पुरुषतर्फ चार र महिलातर्फ दुई वटा प्रतिष्पर्धा सम्पन्न भएको छ ।

जसमा पुरुषतर्फ नेपाली पहलमानले ३ र महिलातर्फ एकमा जित निकाल्न सफल रहे । यस्तै भारतीय पहलमानले पुरुष र महिला दुबै प्रतिष्पर्धामा एक–एक जित निकाल्न सफल भए ।

पुरुषतर्फ नेपाली पहलमान बसन्त थापा, पारस थापा र राहुल थापाले क्रमशः भारतका मन्जित पहलमान, शैतान सिंह र नकाबपोश पहलमानलाई पराजित गरे । यस्तै भारतका गब्बर सिंहले नेपालका अशोक यादवलाई पराजित गरे । महिलातर्फ भएको दुई प्रतिष्पर्धामा नेपालकी ज्योती साहले भारतकी सोनाक्षीलाई पाखा लगाइन भने अर्को प्रतिष्पर्धामा भारतकी नम्रताले नेपालकी पुनिता यादवलाई पराजित गरिन् ।

तीन दिनसम्म चलेको प्रतियोगिता अन्तरगत महिलातर्फ दुई र पुरुषतर्फ ११ प्रतिष्पर्धा भएकोमा पुरुषतर्फ भारतले सात र नेपालले चार पदक ल्याउन सफल भयो भने महिलातर्फ दुबै देशले एक–एक पदक बाडेका छन् ।

प्रतियोगिता समाप्तिपछि आयोजित पुरस्कार बितरण समारोहमा प्रमख अतिथि गाउँपालिका अध्यक्ष बिजय यादव, प्रमुख प्रशासकीय अधिकृत ललन प्रसाद यादव, प्रहरी नायब उपरिक्षक महेन्द्र नेपाल लगायतले बिजयी खेलाडीहरुलाई पुरस्कार बितरण गरेका थिए । उक्त प्रतियोगितामा रामकुमार यादवले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बौद्धबाट १ करोड ४४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ असार २४, मंगलबार
गाजामा पाँच इजरायली सैनिकको मृत्यु : सेना
२०८२ असार २४, मंगलबार
सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार
२०८२ असार २४, मंगलबार
छिटो न्याय सम्पादन र जनआस्था वृद्धि गर्न अहोरात्र खटिरहेका छौं : प्रधानन्यायाधीश
२०८२ असार २४, मंगलबार
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
इन्धन अभावले गाजामा मानवीय स्थिति भयावह : संयुक्त राष्ट्रसङ्घ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार