असार २४, २०८२ मंगलबार July 8, 2025

दशौँ राष्ट्रिय खेलकुदका लागि एथलेटिक्स, कुस्ती र बुद्धिचाल खेलका खेलाडीहरू छनोट

छनोट प्रतियोगिता फागुन २ गतेसम्म सञ्चालन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कैलाली । दशौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिम प्रदेशको छनोट प्रतियोगितामा एथलेटिक्स, कुस्ती र बुद्धिचाल खेलका खेलाडीहरू छनोट भएका छन् ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा भइरहेको छनोट प्रतियोगितामा दुई दिनसम्म सञ्चालन भएका प्रतियोगिताअन्तर्गत एथलेटिक्स, कुस्ती र बुद्धिचाल खेलका खेलाडीहरू छनोट भएका हुन् । यसअघि जुडो र भारात्तोलन खेलका खेलाडी छनोट भइसकेका छन् ।

तीन वटै खेलबाट दशौँ राष्ट्रिय खेलकुदका लागि पुरुष र महिला खेलाडी छनोट भएका छन् । एथलेटिक्समा पुरुषतर्फ पाँच हजार मिटर दौड, १५०० मिटर दौड र ४०० मिटर दौडतर्फ नौ जना खेलाडी छनोट भएका छन् । त्यसैगरी ज्याभलिङ थ्रो, हाईजम्प र लङजम्पमा नौ जना खेलाडी छनोट भएका छन् । ४०० गुणा १०० मिटर रिलेमा पनि १२ जना खेलाडी छानिएका छन् । एथलेटिक्स महिला तर्फ पनि पाँच हजार मिटर दौड, १५०० मिटर दौड र ४०० मिटर दौडतर्फ नौ जना खेलाडी छनोट भएका छन् ।

कुस्ती पुरुषतर्फ  विभिन्न तौल समूहमा नौ जना खेलाडी छनोट भएका छन् । ५७ किलो तौल समूहदेखि एक सय २५ किलो तौल समूहमा खेलाडीहरू छानिएका हुन् । छनोट भएका खेलाडीमा सबैभन्दा बढी छ जना कञ्चनपुरका छन् भने दुई जना कैलाली र एक जना दार्चुलाका छन् ।

कुस्ती महिलातर्फ १० खेलाडी छनोट भएका छन् । ५० किलो तौल समूहदेखि ७६ किलो तौल समूहका खेलाडीहरू छानिएका हुन् । त्यसमा आठ जना खेलाडी कञ्चनपुरका छन् भने एक/एक जना दार्चुला र डडेल्धुराका छन् ।

बुद्धिचालमा महिला र पुरुष गरी १० जना खेलाडी छनोट भएका छन् । त्यसमा पाँच पुरुष र पाँच महिला खेलाडी छन् । पुरुषतर्फ कैलालीका दुई जना र बझाङ, डोटी र कञ्चनपुरका एक/एक खेलाडी छनोट भएका छन् ।

महिलातर्फ पाँच खेलाडीमा दुई जना कञ्चनपुरका र कैलाली, डोटी र दार्चुलाका एक/एक खेलाडी छानिएका छन् । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट सात सय ७८ जना खेलाडीले सहभागिता जनाउने छन् । चार सय सय ५० जना निर्णायक सहभागी हुनेछन् ।

दशौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिमको छनोट प्रतियोगितामा प्रदेशका दुई हजार आठ सय खेलाडी सहभागी हुँदैछन् । सुदूरपश्चिम प्रदेशले दशौँ राष्ट्रिय खेलकुदमा ६१ विधाका खेलमा सहभागिता जनाउने भएको छ । त्यसका लागि प्रदेश छनोट प्रतियोगितामा महिला र पुरुष गरी ३१ खेल भइरहेको सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहले जानकारी दिनुभयो ।

छनोट प्रतियोगिता फागुन २ गतेसम्म सञ्चालन हुनेछ । छनोट प्रतियोगिताका खेलहरू कैलाली र कञ्चनपुरमा भइरहेका छन् । कैलालीको धनगढीमा फुटबल, भलिबल, एथलेक्टिस, क्रिकेट, बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस, बुद्धिचाल, खो–खो, उसुलगायत खेलहरू भइरहेका छन् । त्यसैगरी कञ्चनपुरको महेन्द्रनगरमा कबड्डी, कुस्ती लगायतका खेल भइरहेका छन् ।

प्रदेश छनोट प्रतियोगितामा प्रथम मेडल तीन सय ३२, द्वितीय मेडल तीन सय २०, तृतीय मेडल चार सय ५६ गरी एक हजार एक सय ९८ वटा मेडल रहेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार