बारा । सिम्रौनगढ नगरपालिकामा तालाबन्दी गरिएको छ । उपमेयर नजमु शेहरद्वारा बुधवार नगरपालिकामा तालाबन्दी गरिएको हो ।
प्रमुख प्रशासकिय अधिकृत हरियोम जैयसवाल कार्यालय समयमा न आउने गरेकोले तालाबन्दी गरिएको उनले बताइन । जैयसवाल कहिले विरगंज, काठमाडौंमा बसेर कार्यलय चलाउन खोजेको उपमेयरले आरोप लगाईन ।
नगरप्रमुख किशोरी प्रसाद कलवारले आफुले गरेको नियमविपरीत कार्यको भुक्तानी गराउन नया लेखापाल श्याम पटेलको नाममा चिठ्ठी बनाएर अनियमितता गर्न खोजेको उपमेयर शेहरले आरोप लगाइन ।
आफनो आसेपासेको कर्मचारीलाई तलब खुवाउने, बाकी कर्मचारीलाई तलब विहिन बनाएकोले आफु बाध्य भएर तालाबन्दी गर्न पुगेको उपमेयरले बताइन ।
पटक पटक प्रमुख प्रशासकिय अधिकृत, नगरप्रमुखलाई बसी समाधान गर्न अपिल गरे पनि आफ्नो अधिकार हनन भएकोले तालाबन्दी गरेको उनले बताईन । आफु आफनो कार्यकक्षमा छलफलको लागि बसे पनि पाँच घण्टा बितिसक्दा पनि नगरप्रमुख न आएको उपमेयरले बताईन । आफुलाई अधिकार बिहिन बनाएकोले विकास निर्माणको कार्य देखि न्यायिक समितीको सम्पुर्ण कार्य अलपत्रमा परेको उपमेयर शेहरले बताईन ।
प्रमुख प्रशासकिय अधिकृत हरियोम प्रसाद जयसवालको ९८५५०७८१११ नम्बरमा सम्पर्क गर्दा फोन सिस्टममा राखेकोले प्रतिक्रिया लिन सकिएन । नगरप्रमुख कलवारसंग बुझ्दा उपमेयरले नगरपालिकालाई किन घेराबन्दी गरेको ’bout आफु अनविज्ञ रहेको प्रतिक्रिया दिएका छन् ।
स्थानीय तहको चुनाव जिते देखि नगरपालिका मेयर र उपमेयरको जुधाईमा विकास निर्माणको अलपत्र परेको स्थानियले आरोप लगाएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया