असार २४, २०८२ मंगलबार July 8, 2025

आहा–रारा गोल्डकप : उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीसँग थ्री स्टार ४–० गोलले पराजित

प्रतियोगिताको विजेता टोलीले १२ लाख एक हजार र उपविजेताल ६ लाख एक रुपियाँ पुरस्कार पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, फागुन १ गते । पाँच पटकको च्याम्पियन थ्री स्टार क्लब २४औँ आहा–रारा पोखरा गोल्डकपको सेमिफाइनलबाटै बाहिरिएको छ ।

पोखरा रङ्गशालामा बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा थ्री स्टार पाहुना टोली उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीसँग ४–० गोलले पराजित भयो ।

जितसँगै ब्ल्याक बुल्स फाइनलमा प्रवेश गरेको छ । फाइनलमा ब्ल्याक बुल्सले शनिबार विभागीय टोली नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

थ्री स्टारलाई लज्जासपद हार चखाउन ब्ल्याक बुल्सका कुभोनचेक ओलिमोभ, असिलबेक ओरिफजोनोभ, सभ्काटजोन सात्तोरोभ र सइदजमोल दाभ्लातिनोभले एक एक गोल गर्नुभयो ।

कुभोनचेकले २५औँ मिनेटमा गोल गर्दै पाहुना टोलीको उत्साह जगाउनुभयो । दोस्रो हाफमा तीन गोल थपेको ब्ल्याक बुल्सका लागि दोस्रो गोल असिलबेकले ५८औँ मिनेटमा गर्नुभयो ।

त्यसपछि ६२औँ मिनेटमा सभ्काटजोन र ८७औँ मिनेटमा सइदजमोलले गोल गर्दै पाहुना टोलीलाई सजिलै फाइनलमा लग्नुभयो । खेलभर ब्ल्याक बुल्सको दबाब झेलेको थ्री स्टारले केही अवसर पाए पनि सदुपयोग गर्न सकेन ।

खेलपछि थ्री स्टारका प्रशिक्षक गणेश खड्काले खेल नराम्रो भएपनि टिमले बनाएको रणनीति सफल नभएको बताउनुभयो । उहाँले विदेशी टिम प्राविधिक रूपमा निकै राम्रो रहेको स्वीकार पनि गर्नुभयो ।

प्रतियोगितामा स्वदेशी र विदेशी गरी १२ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेता टोलीले १२ लाख एक हजार र उपविजेताल ६ लाख एक रुपियाँ पुरस्कार पाउनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार