असार २०, २०८२ शुक्रबार July 4, 2025

गैरसरकारी संस्थाले स्थानीय समुदायको चाहना अनुरुप परियोजना छनौट गर्नुपर्छ : सभापति देउवा

जलवायु परिवर्तनका कारण नेपालका हिमाल नाङ्गिएकोप्रति चिन्ता व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पाटन (ललितपुर), ५ फागुन : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गैरसरकारी संस्थाहरुले परियोजना छनौट गर्दा स्थानीय समुदायको चाहना अनुरुप गर्नुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेसको गैरसरकारी संस्था समन्वय विभागद्वारा आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘गैरसरकारी संघसंस्थाहरुको वर्तमान अवस्था र नेपाली कांग्रेसको नागरिक समाज तथा गैरसरकारी संस्थासम्बन्धी नीति’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै सभापति देउवाले गैरसरकारी संस्थाहरुले नेपालको सामाजिक विकासमा खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो ।

“नेपालमा सामाजिक सेवा गर्ने संस्था तथा नागरिक समाजको स्थापना, विकास र कामको अवस्था र स्वरुप फरकफरक देखिन्छ”, सभापति देउवाले भन्नुभयो । गैरसकारी संस्था समय र सन्दर्भसँगै सामाजिक न्याय, लोकतन्त्र र मानवअधिकार, सुशासन, आर्थिक समृद्धि तथा समावेशी सिद्धान्तमा आधारित अन्तरराष्ट्रिय मूल्य मान्यतालाई अङ्गिकार गरी सरकारको सहयोगीको रुपमा काम गर्ने संस्था भएको उहाँको भनाइ थियो ।

“यी सङ्घसंस्थाहरु भित्र पनि सुशासन, पारदर्शिता र आन्तरिक लोकतन्त्र मजबुत हुनुपर्छ भन्ने आवाज छ”, सभापति देउवाले भन्नुभयो । उहाँले जलवायु परिवर्तनका कारण नेपालका हिमाल नाङ्गिएकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।

“हाम्रा हिमाल नाङ्गिरहेका छन्, जलवायु परिवर्तनले नाङ्गा भएका हिमाल कसरी जोगाउने भन्नेबारेमा गैरसकारी संस्थाले नीतिगत पैरवीदेखि हिमाल जोगाउने अभियान सञ्चालन गर्नुपर्छ, यससम्बन्धी धेरै ध्यान दिने विश्वास लिएको छु”, उहाँले भन्नुभयो । सभापति देउवाले मानवअधिकार, सुशासन, समावेशितालगायत विषयमा गैरसकारी संस्थाहरुले प्रभावकारी काम गर्दै आएको बताउनुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गैरसरकारी संस्था समन्वय विभागका प्रमुख डा रणबहादुर रावलले रोजगारी प्रवर्द्धनमा गैरसरकारी सङ्घसंस्थाले खेलेको भूमिका, आर्थिक सामाजिक क्षेत्रमा पारेको सकारात्मक प्रभाव तथा वर्तमान अवस्थामा देखिएका चुनौतीबारे आफ्नो धारणा राख्नुभएको थियोे । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार
पहिलोपल्ट राष्ट्रिय महिला फाइभ ‘ए’ साइड हकी प्रतियोगिता हुने
२०८२ असार २०, शुक्रबार