असार २४, २०८२ मंगलबार July 8, 2025

फोर नेसन्सको पहिलो खेल : लेबनानमाथि म्यानमारको अपेक्षित जित

बेलुका ६ बजे हुने खेलमा नेपालले किर्गिस्तानको सामना गर्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ : म्यानमारले फोर नेसन्सको पहिलो खेलमा सोमबार दशरथ रंगशालामा लेवनानमाथि ३–१ को जित निकालेको छ । प्रतियोगितामा शीर्ष वरीयताको म्यानमारको यो अपेक्षित जित रह्यो, तर यसका लागि उसले संघर्ष भने गर्नु परेको थियो ।

गोलरहित बराबरीपछि चारै गोल दोस्रो हाफमा भएका थिए । लेबनानी गोलरक्षक मार्सेली स्काकीले शृंखलाबद्ध बचाउ गरेपछि म्यानमारको जित कम गोल अन्तरको रह्यो । खेलको पहिलो गोल विन थेन्गीथुनले ५६ औं मिनेटमा गरिन् र यो उत्कृष्ट रह्यो ।

उनले पेनाल्टी एरियाको ठीक बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । लेबनानले ६०औं मिनेटमा बराबरी गोल फर्काएको हो । उसका लागि लैजा स्कन्डरले यो गोल गरिन् । लैलाले म्यारमारकी गोलरक्षक म्यो म्याम्यालाई बिट गर्दै खाली पोस्टमा बललाई दिशा दिइन् ।

त्यसपछि म्यानमारले दुई गोल थपेको हो । यसमध्ये स्वेय यी टुनले हेडबाट ७२ औं मिनेटमा गोल गरिन् । म्याट नोए खिनाले ७५ औं मिनेटमा रिबाउन्डमा तेस्रो गोल थपिन् । यस नतिजासँगै म्यानमारको तीन अंक भएको छ र चार टिममध्ये शीर्षमा रह्यो । लेबनान भने शून्य अंकमा रह्यो । सोमबारको बेलुका ६ बजे हुने खेलमा नेपालले किर्गिस्तानको सामना गर्दैछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार