असार २४, २०८२ मंगलबार July 8, 2025

बागमती गोल्डकप: संकटालाई १-० गोल अन्तरले हराउँदै एपिएफ सेमिफाइनलमा प्रवेश

बिहीबार दोस्रो क्वाटरफाइनलमा मच्छिन्द्र क्लब र बागमती युवा क्लब सर्लाहीबीच प्रतिस्पर्धा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बागमती। विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब सातौँ संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ।

मकवानपुरको बागमती गाउँपालिका–४ झुरझुरेस्थित सहिद स्मृति फुटबल रंगशालामा सञ्चालित सो प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा संकटा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै एपीएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको हो।

खेलको ८३औँ मिनेटमा एपिएफका सुजनकुमार पुलामीले एक गोल गरेका थिए। सो गोल नै खेलको निर्णायक बन्न पुग्यो। आजको खेलमा म्यान अफ द म्याच घोषित एपिएफ क्लबका मणिकुमार लामाले नगद रु १० हजार प्राप्त गरे। एपिएफ क्लब अघिल्लो छैटौँ संस्करणको बागमती गोल्डकपको उपविजेता टिम हो।

प्रतियोगिताअन्तर्गत बिहीबार दोस्रो क्वाटरफाइनलमा मच्छिन्द्र क्लब र बागमती युवा क्लब सर्लाहीबीच प्रतिस्पर्धा हुने बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष रहरसिंह थिङले जानकारी दिए।

यही फागुन १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ‘ए’ डिभिजन क्लबका सात र मोफसलका तीन क्लब गरी १० टिमको सहभागिता रहेको अध्यक्ष थिङले बताए। प्रतियोगिताका विजेता टिमले पुरस्कार स्वरुप नगद रु १० लाख प्राप्त गर्ने छ भने उपविजेताले नगद रु पाँच लाख प्राप्त गर्ने आयोजकले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार