असार २४, २०८२ मंगलबार July 8, 2025

इंग्लिस प्रिमियर लिग : लिभरपुल एष्टन भिल्लासँग २-२ को बराबरीमा रोकियो

बराबरीपछि २६ खेलबा ३९ अंक जोडेको एष्टन भिल्ला नवौं स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। इंग्लिस प्रिमियर लिगमा बिहीबार बिहान राति लिभरपुल बराबरीमा रोकिएको छ।

लिगको शीर्ष स्थानको लिभरपुल एष्टन भिल्लासँग २-२ को बराबरीमा रोकिएको हो। भिल्लाको मैदानमा लिभरपुलले अग्रता जोगाउन नसक्दा अंक बाढ्न बाध्य भएको छ।

भिल्ला पार्कमा लिभरपुलका मोहम्मद सलाहले २९औं मिनेटमा अग्रता बनाएका थिए। तर, घरेलु टोलीले पहिलो हाफमै २-१ को अग्रता बनाउन सफल भयो ।

३८औं मिनेटमा युरी मिलेमान्सले १(१ को बराबरी गोल गरेका हुन्। ओली वाट्किन्सले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै खेलमा २(१ को अग्रता राखे ।

तर, ६१औं मिनेटमा ट्रेन्ट एलेक्जान्डर अर्नोल्डले बराबरी गोल गर्दै लिभरपुलको हारबाट जोगाएका थिए। यद्यपि, लिभरपुलले शीर्ष स्थानमा आठ अंकको अग्रता कायम गरेको छ। उसले २६ खेलबाट ६१ अंक जोडेको छ।

दोस्रो स्थानमा रहेको आर्सनलले एक खेल कम खेल्दै ५३ अंक जोडेको छ। बराबरीपछि २६ खेलबा ३९ अंक जोडेको एष्टन भिल्ला नवौं स्थानमा छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार