कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

शिक्षाको विकास गर्न प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री तामाङ

देशको विकासका लागि शिक्षा प्रमुख मेरुदण्ड भएकाले प्रदेश सरकारले सोही अनुसार प्राथमिकता दिँदै आएको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

त्रिशूली (नुवाकोट), ८ फागुन : बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले शिक्षा क्षेत्रको विकासका लागि बागमती प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नुवाकोटको विदुर नगरपालिका–५ स्थित चन्द्रज्योती माध्यमिक विद्यालयको ६४औँ वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले देशको विकासका लागि शिक्षा प्रमुख मेरुदण्ड भएकाले प्रदेश सरकारले सोही अनुसार प्राथमिकता दिँदै आएको बताउनुभयो ।

“शिक्षा मार्फत देश विकासका लागी थप कार्यक्रम प्रभावकारी रुपमा सफल बनाउन सकिन्छ”, उहाँले भन्नुभयो– “स्वास्थ्य, कृषि, पूर्वाधारभन्दा शिक्षाको विकास पहिलो प्राथमिकतामा छ । शैक्षिक गुणस्तर बृद्धिका लागी प्रदेश सरकार गम्भीर छ ।”

सामुदायिक विद्यालयको आकर्षण बढाउन र शिक्षाबाट रोजगार सिर्जना गर्न प्रदेश सरकारले विगतका राम्रा कार्यक्रमलाई निरन्तरता दिँदै आएको उहाँको भनाइ थियो । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट नतिजा ल्याउने नुवाकोटको सामुदायिक विद्यालयका शिक्षक र विद्यार्थीलाई आफ्नो व्यक्तिगत खर्चमा शैक्षिक भ्रमणमा लैजाने प्रबिद्धता जनाउँदै मुख्यमन्त्री तामाङले शिक्षाको गुणस्तर बृद्धिमा लाग्न सरोकारवालाहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा विद्यालयका कक्षागत उत्कृष्ट विद्यार्थी तथा वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न प्रतियोगिताका विजेतालाई सम्मान गरिएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानको निशानामा अमेरिकी अर्थमन्त्री, सुरक्षाका लागि सैनिक बेसमा आश्रय
२०८३ कार्तिक २५, बुधबार
जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल (अन्तवार्ता)
२०८३ कार्तिक २५, बुधबार
विश्वकप तयारीमा नेपाली यू–१९ महिला टोली, भारतसँग टी–२० शृङ्खला खेल्ने
२०८३ कार्तिक २५, बुधबार
Minister Wagle wants special financial package for vulnerable countries
२०८३ कार्तिक २५, बुधबार
विश्वासको मत लिन मधेसका मुख्यमन्त्री यादवले बोलाए प्रदेशसभा बैठक
२०८३ कार्तिक २५, बुधबार
रुसका लागि जासुसी गरेको आरोपमा बेलायतमा अमेरिकी सैनिक पक्राउ
२०८३ कार्तिक २५, बुधबार
CM Yadav to seek vote of confidence on November 14
२०८३ कार्तिक २५, बुधबार