कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

नैतिक शिक्षा आजको आवश्यकताः वनमन्त्री शाही

शिक्षा क्षेत्रमा लगानीअनुसार प्रतिफल नआएको बताउँदै अब गुणस्तरमा ध्यान दिन आवश्यक रहेकामा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

गलकोट (बागलुङ), १० फागुनः वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले समाजलाई नैतिक रूपमा माथि उठाउन आजको आवश्यकता नैतिक शिक्षा भएको बताउँदै विद्यालय तहबाटै यसको पठनपाठन गराउनुपर्नेमा जोड दिनुभएको छ ।

आज बागलुङको जैमिनी नगरपालिका–८ स्थित छिस्तीको जनकल्याण माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहको उद्घाटनपछि उहाँले शिक्षा क्षेत्रमा लगानीअनुसार प्रतिफल नआएको बताउँदै अब गुणस्तरमा ध्यान दिन आवश्यक रहेकामा जोड दिनुभयो ।

उहाँले कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) गठबन्धनको सरकारले विकास र समृद्धिको क्षेत्रमा उल्लेख्य प्रगति गरिरहेको बताउनुभयो । स्थायित्व र विकासका लागि अहिलेको सरकारले जनता केन्द्रित भएर नयाँ ढङ्गले काम गरिरहेको उहाँको भनाइ छ ।

“शिक्षामा सरकारले गरेको लगानी अनुसारको प्रतिफल आएको छैन, गुणस्तरमा ध्यान दिन आवश्यक छ, पछिल्लो समय वन्यजन्तुका कारण किसान समस्यामा छन्, यो विषय समाधान गर्न सरकार गम्भीर बनेको छ”, मन्त्री शाहीले भन्नुभयो, “जैमिनी नगरपालिकाले बाँदर बगैँचा निर्माण थालेकामा वन मन्त्रालयले आर्थिक रूपमा सघाउने छ ।”

वनलाई समृद्धिसँग जोड्ने गरी काम गरेको बताउँदै आगामी बजेटमा आफूले वन तथा वातावरणसम्बन्धी जोड दिएर कार्यक्रम ल्याउने प्रतिबद्धता जनाउनुभयो । पछिल्लो समय वन्यजन्तु बाँदर, बँदेल र हात्तीका कारण धेरै किसान समस्यामा परेका विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको बताउँदै पहिलो चरणमा बाँदरलाई कृषि हानिकारक वन्यजन्तुका रूपमा लिएर किसानलाई क्षतिपूर्ति दिने व्यवस्था मिलाउने जनाउनुभयो ।

उहाँले जैमिनीमा निर्माण गर्ने भनिएको बाँदर बगैँचालाई मन्त्रालयले आगमी दिनमा बजेट विनियोजन गर्ने उल्लेख गर्नुभयो । वर्तमान सरकार आएपछि आर्थिक गतिविधि चलायमान हुनाका साथै रोकिएका कामले पनि गति लिन थालेकाले जनतामा आशाको सञ्चार भएको उहाँले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानको निशानामा अमेरिकी अर्थमन्त्री, सुरक्षाका लागि सैनिक बेसमा आश्रय
२०८३ कार्तिक २५, बुधबार
जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल (अन्तवार्ता)
२०८३ कार्तिक २५, बुधबार
विश्वकप तयारीमा नेपाली यू–१९ महिला टोली, भारतसँग टी–२० शृङ्खला खेल्ने
२०८३ कार्तिक २५, बुधबार
Minister Wagle wants special financial package for vulnerable countries
२०८३ कार्तिक २५, बुधबार
विश्वासको मत लिन मधेसका मुख्यमन्त्री यादवले बोलाए प्रदेशसभा बैठक
२०८३ कार्तिक २५, बुधबार
रुसका लागि जासुसी गरेको आरोपमा बेलायतमा अमेरिकी सैनिक पक्राउ
२०८३ कार्तिक २५, बुधबार
CM Yadav to seek vote of confidence on November 14
२०८३ कार्तिक २५, बुधबार