काठमाडौं, फागुन १२ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गतको तेस्रो खेलमा म्यान्मार र नेपालबीच प्रतिस्पर्धा भइरहेको छ । दशरथ रंगशालामा जारी खेलमा नेपाल र म्यानमार दुवैले एक एक गोल गरेका छन् ।
खेलको ६ मिनेटमा नै म्यानमारले अग्रता लिएको थियो । म्याट नोए खिनले करिब २५ यार्डबाट फ्रिकिकमा सिधै गोल गरेकी हुन् । नेपाली गोलकिपर अन्जन राना मगरले बललाई रोक्न सकिनन् ।
म्यानमारले अग्रतथा लिएलगत्तै नेपालले बराबरी गोल फर्काएको छ । खेलको ११औं मिनेटमा सविता राना मगरले बराबरी गोल गरेकी हुन् ।
सावित्रा भण्डारीले बायाँ भागबाट अगाडि बढाउँदै सिक्स यार्ड बक्समा बल पुर्याएर चलाखीपूर्ण रुपमा सवितालाई पास दिएकी थिइन् । त्यसमा सविताले ट्याप इन गर्दै राम्रो फिनसिङ गरेकी छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया