काठमाडौं । संकटा क्लब जारी केपी ओली कपको सेमिफाइनलमा पुगेको छ। मंगलबार सम्पन्न खेलमा एपीएफ क्लबलाई टाई ब्रेकरमा पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो।
निर्धारित ९० मिनेटको खेलमा गोलरहित बराबरीमा खेल सकिएपछि भएको पेनाल्टी सुट आउटमा ५-३ गोल अन्तरले संकटा विजयी भएको थियो।
अब सेमिफाइनलमा संकटाले त्रिभुवन आर्मीक्लबसँग खेल्ने छ। सेमिफाइनल खेल फागुन १६ गते दशरथ रंगशालामा हुने छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया