श्रावण २, २०८२ शुक्रबार July 18, 2025

बौद्धमा सीमित व्यक्तिका बीच मनाइयो रोपाइँ जात्रा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डाै‌ंः वर्षभर बौद्ध क्षेत्रबाट दिवंगत भएकाको मोक्ष एवं शान्ति प्राप्तिको कामना गर्दै बौद्ध चैत्यमा सीमित मानिसका बीच रोपाइँ जात्रा मनाइएको छ ।

उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै प्रत्येक वर्ष भाद्र कृष्ण द्वितीयाका दिन विश्वसम्पदा सूचीमा सूचिकृत बौद्ध क्षेत्रमा मनाइने ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वको जात्रा विधि मात्र पूरा गरेर समापन गरिएको हो ।

बौद्धनाथ क्षेत्र विकास समितिको संयोजनमा बौद्धमा रहेका सङ्घसंस्थाले सक्रिय रुपमा मनाउने सांस्कृतिक महत्वको रोपाइँ जात्रा यस वर्ष कोरोना फैलनसक्ने भयले सीमित मानिसकाबीच मनाइएको हो । आज दिउँसो ३ बजेपछि बौद्ध चैत्य परिसरमा एक वर्षअघिदेखि दिवङ्गत भएका परिवारका सीमित सदस्यलाई मात्र छिराएर सांस्कृतिक जात्रा सम्पन्न गरिएको समितिका अध्यक्ष चन्द्रमान लामाले जानकारी दिनुभयो ।

यस वर्ष बौद्ध क्षेत्रमा २० जनाको निधन भएको तथ्याङ्क प्राप्त भएको समितिले जनाएको छ । बीस परिवारका सीमित सदस्य, एउटा हलो, थोरै सङ्ख्यामा बाउसे र रोपाहारका बीच रोपाइँ जात्रा गरिएको हो । जात्राका समयमा सर्वसाधारणलाई बौद्ध चैत्य परिसरमा प्रवेशमा समेत रोक लगाइएको अध्यक्ष लामाले बताउनुभयो ।

जात्राको विधिअनुसार बौद्ध चैत्य एकपटक घुमाएर जात्रा सम्पन्न गरिएको छ । विगतमा वर्षमा यो जात्राका क्रममा सांस्कृतिक झाँकीसहित बौद्ध-चुच्चेपाटी-चाबहिल-महाङ्काल-तीनचु-जोरपाटी हुँदै पुनःबौद्धमै आएर सकिन्थ्यो । यस वर्ष भने सीमित लाठे र रोपाहारका बीच लाखे नाच नचाएर जात्रा सम्पन्न गरिएको छ ।

प्रत्येक वर्ष गाईजात्राको भोलिपल्ट रोपाइँ जात्रा गरेपछि यस क्षेत्रबाट वर्षभर निधन भएकाले मोक्ष एवं शान्ति पाउँछन् भन्ने धार्मिक विश्वास छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार