असार २४, २०८२ मंगलबार July 8, 2025

लमजुङमा अन्तर्राष्ट्रिय स्तरको खुल्ला म्याराथन हुने

प्रतियोगितामा प्रथम हुनेलाई नगद तीस हजार, पदक र प्रमाणपत्र, द्वितीय हुनेलाई नगद पन्ध्र हजार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

लमजुङ। लमजुङमा अन्तर्राष्ट्रिय स्तरको खुल्ला म्याराथन हुने भएको छ । लमजुङ जेसीज २०२५ को आयोजनामा अगामी चैत २३ गते चैते दशैको अवसरमा खुल्ला म्याराथन प्रतियोगिता हुन लागेको हो ।

बिहीबार बेसीशहर भएको पत्रकार सम्मेलनमा विश्व शान्तिको कामना गर्दै खुल्ला म्याराथन प्रतियोगिता गर्न लागिएको बारे लमजुङ जेसीज बर्ष २०२५ का अध्यक्ष प्रतिजंग तामाङले जानकारी गराएका हुन् ।

२६ किलोमिटर दुरीको म्याराथन प्रतियोगिता लमजुङको बेसीशहर नगरपालिका–१० पिसहिलदेखि मर्स्याङ्दी गाउँपालिकाका हुँदै बेसीशहर नगरपालिका ३ को गाउँसहर दरबार पुगेर टुङ्गिने अध्यक्ष तामाङले बताए । धार्मिक तथा पर्यटकीय सौन्दर्यले भरिपूर्ण पिसहिल र गाउँसहर दरबारलाई म्याराथनका माध्यमले देश विदेशमा चिनाउन प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष तामाङको भनाई छ ।

धावकहरु पिसहिलदेखि भुष्मे, हात्तीरुख, सिम्पानी, बेंसीशहर हुँदै गाउँसहर दरबार पुग्नेछन् । उक्त प्रतियोगिताले पिसहिलको द्वन्द्वकालीन र गाउँसहर दरबारको ऐतिहासिक पक्षको उजागर गर्न सहयोग पुग्ने उक्त कार्यक्रमका संयोजक तुल्सी गुरुङले बताए ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद तीस हजार, पदक र प्रमाणपत्र, द्वितीय हुनेलाई नगद पन्ध्र हजार, पदक र प्रमाणपत्र र सान्त्वनास्वरुप आठ जनालाई एक-एक हजार रुपियाँ दिइने म्याराथन संयोजक तुल्सी गुरुङले जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया