असार २४, २०८२ मंगलबार July 8, 2025

च्याम्पियन्स ट्रफीमा आज बंगलादेश र पाकिस्तानबीच खेल हुँदै

समूह ए बाट भारत र न्यूजील्याण्ड सेमिफाइनलमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज बंगलादेश र पाकिस्तानबीच खेल हुँदैछ। पाकिस्तानको रावलपिन्डीमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: ४५ बजेदेखि शुरु हुने छ।

समूह ए मा रहेका बंगलादेश र पाकिस्तान जारी प्रतियोगितामा सेमिफाइनलको दौडबाट बाहिर भइसकेकाले यस खेलको नतिजाले कुनै फरक भने पर्ने छैन। तर दुवै देश प्रतियोगितामा आफ्नो पहिलो जित हासिल गर्ने उद्धेश्यले आज मैदानमा उत्रिने छन्।

बंगलादेश र पाकिस्तान आफ्ना दुवै खेलमा भारत र न्यूजील्याण्डसँग पराजित भएका हुन्। समूह ए बाट भारत र न्यूजील्याण्ड सेमिफाइनलमा पुगिसकेका छन्।

बंगलादेश र पाकिस्तानबीच एकदिवसीय खेलमा हेड टू हेडको कुरा गर्दा दुवैबीच अहिलेसम्म ३९ खेल भएका छन्। जसमा पाकिस्तानले ३४ खेल जितेको छ भने बंगलादेशले ५ खेल जितेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया