काठमाडौं, १५ फाल्गुन । कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बिहीबार बसेको १२१ औं बोर्ड बैठकले दसौं राष्ट्रिय खेलकुद आगामी वर्ष जेठ ३ देखि १० गतेसम्म गर्ने निर्णय गरेको हो ।
यस्तै, बैठकले प्रथम राष्ट्रिय पारा खेलकुद अर्का वर्ष जेठ १७ देखि २१ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ । यसअघि राखेपको ११८ औं बोर्ड बैठकले आउँदो चैत २३ देखि ३० गतेसम्म गर्ने निर्णय गरेको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया