असार २४, २०८२ मंगलबार July 8, 2025

अस्ट्रेलिया च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा

दक्षिण अफ्रिकाको रनरेट राम्रो रहेकाले इङल्याण्डसँग हार भएपनि सेमिफाइनलमा पुग्ने सम्भावना कायमै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । अस्ट्रेलिया जारी च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा पुगेको छ । अफगानिस्तानविरुद्धको खेल बर्षाले रद्ध भएर एक एक अंक बाँडेपछि अस्ट्रेलिया समुह बी बाट ३ खेलमा ४ अंक बटुल्दै सेमिफाइनलमा पुगेको हो ।

अफगानिस्तानले दिएको २७४ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १२.५ ओभरमा एक विकेट गुमाउदै १०९ रन बनाएको अवस्थामा बर्षाले खेल अवरुद्ध भएको थियो ।

समुह बी मा अब दक्षिण अफ्रिका २ खेलमा ३ अंकसहित दोस्रो स्थानमा छ भने अफगानिस्तानको ३ खेलमा ३ अंक रहेको छ । यस समुहको सेमिफाइनलमा पुग्ने दोस्रो टिमको निर्णय शनिबार हुने दक्षिण अफ्रिका र इङल्याण्डबीचको खेल पछि लाग्ने छ ।

Australia into Champions Trophy semi-finals after Afghanistan game  abandoned | Flashscore.comइङल्याण्ड सेमिफाइनलको दौडबाट बाहिरीइसकेकोले दक्षिण अफ्रीका र अफगानिस्तान मध्ये एक देश सेमिफाइनलमा पुग्ने छन् । तर दक्षिण अफ्रिकाको रनरेट राम्रो रहेकाले इङल्याण्डसँग हार भएपनि सेमिफाइनलमा पुग्ने सम्भावना कायमै रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया