मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

राष्ट्रिय आइटिएफ तेक्वान्दोको उपाधि आर्मी क्लबले जित्यो

पुरुषतर्फ आर्मीका भीमबहादुर तामाङ र महिलातर्फ गण्डकी प्रदेशकी सुस्मिता थापामगर उत्कृष्ट खेलाडी घोषित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः त्रिभुवन आर्मी क्लबले २४औं राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगिताको उपाधि उचाल्दै आफ्नो प्रभुत्व कायम गरेको छ भने बागमती प्रदेशले प्रथम यु–१५ राष्ट्रिय विद्यालय आइटिएफ तेक्वान्दो प्रतियोगितामा शानदार प्रदर्शन गर्दै च्याम्पियनको ताज पहिरेको छ।

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआइटिएफ) को आयोजनामा सम्पन्न प्रतियोगितामा आर्मीले १३ स्वर्ण, सात रजत र पाँच कांस्य पदक जित्दै आफ्नो वर्चस्व कायम गर्‍यो।

लुम्बिनी प्रदेश पाँच स्वर्ण, ६ रजत र तीन कांस्य पदकसहित दोस्रो भयो भने बागमती प्रदेश तीन स्वर्ण, पाँच रजत र सात कांस्य पदक जित्दै तेस्रो स्थानमा रह्यो।

प्रतियोगितामा पुरुषतर्फ आर्मीका भीमबहादुर तामाङ र महिलातर्फ गण्डकी प्रदेशकी सुस्मिता थापामगर उत्कृष्ट खेलाडी घोषित भए।

यु–१५ तर्फ बागमती प्रदेशले पाँच स्वर्ण, तीन रजत र सात कांस्य जित्दै टिम च्याम्पियन बन्यो। गण्डकीले तीन स्वर्ण, पाँच रजत र चार कांस्यसहित दोस्रो स्थान हासिल गर्‍यो भने एपिएफ दुई स्वर्ण, तीन रजत र चार कांस्यसहित तेस्रो भयो।

यु–१५ का पुरुषतर्फ सुदूरपश्चिम प्रदेशका भुपेश नाथ र महिलातर्फ गण्डकीकी सन्ध्या खत्री उत्कृष्ट खेलाडी चुनिएको महासंघका महासचिव घमबहादुर थापामगरले जानकारी दिए।

प्रतियोगिता समापनका अवसरमा नेपाल आइटिएफ तेक्वान्दो महासंघका अध्यक्ष प्रवीणकुमार कार्कीले विजेतालाई ट्रफी प्रदान गरे। यसअघि, राज्य तथा सुशासन व्यवस्थापन समितिका सभापति रामहरि खतिवडाले उत्कृष्ट खेलाडीहरूलाई पदक प्रदान गरेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
२०८३ मंग्सिर ४, शुक्रबार
कम्पनीलाई वार्षिक विवरण र कर दाखिला गर्न पुस मसान्तसम्म समय थप
२०८३ मंग्सिर ४, शुक्रबार
उपत्यकामा ट्राफिक नियम उल्लंघन बढ्दो, एकैदिन ७२३ चालक कारबाहीमा
२०८३ मंग्सिर ४, शुक्रबार
मलेसिया जाने श्रमिकसँग यसरी असुलियो दुई अर्ब
२०८३ मंग्सिर ४, शुक्रबार
हरिबोधनी एकादशी आज, तुलसी विवाह गरी भगवान् विष्णुको पूजा गरिँदै
२०८३ मंग्सिर ४, शुक्रबार
राष्ट्र बैङ्कद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ मंग्सिर ४, शुक्रबार
मौसम पूर्वानुमान : कोशी–मधेशमा बदली, तराई र उपत्यकामा हुस्सु
२०८३ मंग्सिर ४, शुक्रबार