असार २४, २०८२ मंगलबार July 8, 2025

गोर्खाली रग्बी क्लबले प्रथम गोर्खाली रग्बी सेभेन्सको उपाधि जित्यो

गोर्खाली रग्बी क्लबले त्रिभुवन आर्मी क्लबलाई १२–७ को स्कोरले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १७ फागुन । आयोजक गोर्खाली रग्बी क्लबले प्रथम गोर्खाली रग्बी सेभेन्सको उपाधि जितेको छ ।

भरतपुरको कृष्णपुर खेल मैदानमा शनिबार भएको निकै प्रतिस्पर्धात्मक फाइनलमा गोर्खाली रग्बी क्लबले त्रिभुवन आर्मी क्लबलाई १२–७ को स्कोरले हरायो ।

निकै प्रतिस्पर्धात्मक खेलको निर्धारित समय ७–७ स्कोरले बराबरी भएको थियो । त्यसपछिको थप समयमा गोर्खालीले गोल्डेन स्कोर गर्दै च्याम्पियन बनेको हो । गोर्खालीका कप्तान यदु अधिकारीले उक्त गोल्डन स्कोर गर्नुभयो ।

उपाधिसँगै गोर्खालीले दुई लाख रुपियाँ पुरस्कार पायो । उपविजेता त्रिभुवन आर्मी क्लबले एक लाख रुपियाँ पायो । गोर्खाली रग्बी क्लबका भारतीय खेलाडी जावेद हुसेन उत्कृष्ट खेलाडी बन्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया