काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत समूह चरणको अन्तिम खेलमा आइतबार भारत र न्यूजिल्यान्ड प्रतिस्पर्धा गर्दैछन्।
समूह ‘ए’का दुवै अपराजित टिमले दुईदुई खेल खेल्दा चारचार अंक जोडेको छन्। दुवै टिमको सेमिफाइनल यात्रा तय भइसकेको भए पनि यो खेलले समूह ‘ए’को विजेता र उपविजेताको टुंगो लगाउने छ।
भारत र न्युजिल्यान्डको यो भिडन्त आइतबार दिउँसो २ बजेर ४५ मिनेट जाँदा यूएईको दुवई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ। आज भारत र न्युजिल्यान्ड दुवै टिम समूह चरणको अपराजित यात्रालाई कायम राख्ने लक्ष्यका साथ मैदानमा हुनेछन्।
समूह ‘बी’बाट ५ अंक जोड्दै दक्षिण अफ्रिका विजेता र अस्ट्रेलिया चार अंक जोड्दै उपविजेता बनेर सेमिफाइनल प्रवेश गरिसकेका छन्। आज हुने यो खेललले सेमिफाइनल समीकरण पूरा हुनेछ। भारत र न्युजिल्यान्डको नतिजाले कुन देशले सेमिफाइनलमा कसलाई प्रतिद्वन्द्वी पाउँछन् भन्ने टुंगो लाग्नेछ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया