असार २४, २०८२ मंगलबार July 8, 2025

स्पेनिस ला लिगा : रियल बेटिससँग रियल म्याड्रिड पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड पराजित भएको छ । गएराती सम्पन्न खेलमा रियल बेटिसले रियल म्याड्रिड माथि शानदार २–१ गोल अन्तरको जित हासिल गरेको हो ।

१–० गोलले पछि परेको रियल बेटिसले खेलमा कमब्याक गर्दै रियल म्याड्रिडलाई स्तब्ध बनाएको थियो । रियल बेटिसको जितमा जोनी कार्डोसो र इस्कोले एक एक गोल गर्नुभएको थियो भने रियल म्याड्रिडका लागि एक गोल ब्राहिम डियाजले गर्नुभयो ।

यो हारपछि रियल म्याड्रिड लिगमा तेस्रो स्थानमा झरेको छ । रियल म्याड्रिडको २६ खेलमा ५४ अंक रहेको छ । त्यसैगरी रियल बेटिसको २६ खेलमा ३८ अंक रहेको छ र लिगमा छैटौं स्थानमा उक्लिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया