असार २४, २०८२ मंगलबार July 8, 2025

केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी

विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै मछिन्द्र फुटबल क्लबले तेस्रो केपी ओली कप पुरुष फुटबल च्याम्पियनसिपमा ह्याट्रिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १९ फागुन : मच्छिन्द्र फुटबल क्लबका डिफेन्डर सनिश श्रेष्ठ केपी ओली कप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले रु एक लाखसहित यमाहा १२५ सिसीको मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन् ।

यसैगरी मछिन्द्रकै विशाल श्रेष्ठ उत्कृष्ट गोलरक्षक घोषित भएका छन् । यस्तै मछिन्द्रकै स्टेफन जमाहा जाली सर्वाधिक गोलकर्ता बनेका छन् ।

यस्तै त्रिभुवन आर्मी क्लबका नीराजन धामी प्रतियोगिताको उदीयमान खेलाडी बनेका छन् । उनीहरुले जनही रु ५० हजारसहित यमाहा १२५ सिसी मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन् ।

त्रिपुुरेश्वरस्थित दशरथ रङ्गशालमा सम्पन्न फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै मछिन्द्र फुटबल क्लबले तेस्रो केपी ओली कप पुरुष फुटबल च्याम्पियनसिपमा ह्याट्रिक गरेको थियो । आज भएको फाइनल खेलमा मछिन्द्रले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–० गोलअन्तरले पराजित गरेको हो । जितसँगै मछिन्द्रले रु १५ लाख ११ हजार एक सय ११ तथा उपविजेता आर्मीले रु पाँच लाख पुरस्कार प्राप्त गरेको छ ।

विजेता टोली तथा खेलाडीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओली, इटालियन फुटबल टोलीका पूर्वकप्तान तथा गोलरक्षक जियानलुुइजी बुफोन, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलगायतले नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार